‘एकीकृत माओवादीको घम्की पानी नतताए चिसै पानीले नुहाउँछु’

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

 Pradip-Nepalजनबोली २७ चैत, काठमाडौं । बेला बेलामा सामाजिक सञ्जाल मार्फत सटिक र आलोचनात्मक टिप्पणी गर्दै आएका एमाले नेता प्रदिप नेपालले एकीकृत नेकपा माओवादीलाई आलोचना गर्दै अर्को स्टाटस लेखेका छन् ।

उनले एकीकृत नेकपा माओवादीको घम्की पानी नतताए चिसै पानीले नुहाउँछु भन्ने जस्तै भएको टिप्पणी गरेका हुन् ।

उनले एमाओवादीको धम्कीदेखि नडराईकन संविधान लेख्न आग्रह समेत गरेका छन् ।

नेपालको स्टाटसमा एमाओवादी विद्रोह लाजिम्पाटको दरबारको टुप्पोमा बसेर टुलुटुलु हाँसिरहेको उल्लेख गरेका छन् ।

यसको अर्थ एमाओवादी र उस्को पार्टी अध्यक्ष पुष्पकमल दाहाल विलासिता छोडेर विद्रोहमा जान सक्दैनन् भन्ने हो । उनले एमाओवादीको धम्कीले अब केही अर्थ नलाग्ने भन्दै यस्तो टिप्पणी गरेका हुन् ।pradip nepal facebook

सम्बन्धित खबरहरु