नेपालको राजनीतिक वातावरण स्थीर भए अष्ट्रेलियाले लगानी गर्ने

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

wally Edwaजनबोली २७ चैत, काठमाडौं । अष्ट्रलियन क्रिकेट एसोसिएसनका अध्यक्ष वाली इड्वाले नेपालको राजनीतिक वातावरण स्थीर भए अष्ट्रेलियाले लगानी गर्ने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्रीलाई भेटी अध्यक्ष इड्वाले नेपालको क्रिकेट विकासमा आफुहरुले लगानी गर्न चाहेको बताएका हुन् ।

उनले नेपालको क्रिकेट टिमले आश्चर्यजनक खेल खेलिरहेको बताउर्दै अब नेपाली क्रिकेट पनि विश्वस्तरको हुन लागेको बताए ।

आफुहरुले नेपालको क्रिकेट बिकासमा सक्दो सहयोग गर्न तयार रहेको उनको भनाई थियो । नेपाल क्रिकेट संघकी सिइओ भावना घिमिरेले अर्को वर्ष अष्ट्रेलियन टोली नेपालमा क्रिकेट खेल्न आउने जानकारी गराइन् ।

प्रधानमन्त्रीले भेटमा विश्व च्याम्पीयन बनेकोमा अष्ट्रलियालाई बधाइ दिएका थिए । अध्यक्ष एड्वा सहित अर्का अधिकारी टिन एण्डर्सन र घिमिरे प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

सम्बन्धित खबरहरु