राष्ट्रपति यादवद्वारा सहमतिमा संविधान निर्माणमा जोड दिन आग्रह

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

rambaran yadavकाठमाडौँ । राष्ट्रपति डाक्टर रामवरण यादवले सहमतिमा संविधान निर्माणमा जोड दिएका छन् ।

बिहिबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा उपाध्यक्ष विद्यादेवी भण्डारी सँगको भेटघाटमा जतिसक्दो चाढो सहमतिमा संविधान जारी गर्न आग्रह गरेको एमाले उपाध्यक्ष विद्यादेवी भण्डारीले जानकारी दिए ।

भण्डारीले राष्ट्रपतिलाई उद्धृत गर्दै भनिन् ‘ सवै मिल्नुस्, जति सक्दो चाढो संविधान लेखनको काम अगाडि बढाउने प्रयास गर्नुस ’।

भेटमा एमाले अध्यक्ष ओलीले संविधान लेखनका विवादित विषयमा सहमतिका लागि प्रयास जारी राख्ने र प्रक्रियालाई पनि अगाडि बढाउनका लागि काँग्रेस र एमालेबीच पटक पटक छलफल भइरहेको राष्ट्रपतिलाई जानकारी गराएको उपाध्यक्ष भण्डारीले बताइन् ।

“सहमति र सहकार्यका लागि वार्ता र छलफल जारी राख्ने र संविधान लेखनको प्रक्रियालाई पनि अगाडि बढाउने पार्टीको तयारी छ, यही चैत ३० गतेदेखि हामी आगाडि बढ्छाँ भन्ने एमालेको स्पष्ट धारणा राष्ट्रपतिलाई जानकारी गरायौँ”, नेत्री भण्डारीले भनिन् ।

सभाध्यक्ष सुवास नेम्वाङले लामो समयको धैर्यपछि संविधान लेखनको काम प्रक्रियाबाट भए पनि अगाडि बढाउनका लागि यही चैत ३० गते संविधानसभाको बैठक बोलाएका छन् ।

संविधानसभाको बैठक यही चैत ३० गते बोलाइएको हुनाले सहमतिका साथ कसरी अगाडि बढ्न सकिन्छ भन्ने चासो र चिन्तालाई लिएर सल्लाहसुझावका लागि राष्ट्रपतिले एमाले अध्यक्षलाई छलफलकोलागि बोलाएका थिए ।

सम्बन्धित खबरहरु