युरोपेली संसदद्वारा परराष्ट्र मन्त्री पाण्डेसँग भेट

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

mahendra pandeyकाठमाडौं । नेपाल भ्रमणमा रहेको युरोपेली संसदको तर्फबाट दक्षिण एसिया मामिला प्रमुख जिन लम्बर्ट नेतृत्वको टोलीले जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावबारे समेत चासो राखेको छ ।

बिहीबार सिंहदरबारमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेसँग भेटवार्ता गर्दै टोलीले जलवायु परिवर्तनका कारण नेपालमा भईरहेको असर र न्युनिकरणका विषयमा चासो राखेको हो ।

जवाफमा परराष्ट्रमन्त्री पाण्डेले जलवायु परिवर्तनका कारण हिमनदी पग्लँदै गएको, हिमालमा हिउँको मात्रा कम भएकाले त्यसविरुद्ध लड्न मिलेर काम गर्नुपर्ने बताएका थिए ।

टोलीले नेपालमा भईरहेको संविधान लेखनको कार्यका विषयमा चासो व्यक्त गर्दै राजनीतिक स्थिरता भए लगानी गर्न सकिने जनाएको हो ।

त्यस्तै टोलीले लगानीको उपयुक्त वातावरण भए नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्ने चाहना व्यक्त समेत गरेको थियो । नेपालमा मानवअधिकारको अबस्थाका विषयमा पनि टोलीले चासो राखेको मन्त्री पाण्डले जानकारी दिए ।

मन्त्री पाण्डेले नेपालमा लगानी गर्नका लागि वातावरण निर्माण हुदै गएको र वाह्य लगानी भित्रन थालेको समेत बताएका थिए ।

सम्बन्धित खबरहरु