गौर आन्दोलनबाट उठेका जायज मागलाई सरकारले पुरा नगरे पुनः संघर्ष : महतो

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

Rajendra mahatoरौतहट । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गौर आन्दोलनबाट उठेका जायज मागलाई सरकारले पुरा नगरे पुनः संघर्ष गर्नुपर्ने बताएका छन् ।

संविधान बनाउने समयमा सरकारले मधेशी जनतालाई द्वन्द्वमा फसाउनका लागि सेवा कार्यालय स्थापना गर्ने षड्यन्त्रको परिणाम स्वरुप नै गौरमा साता व्यापी आन्दोलन भएको स्पष्ट पारे ।

मालपोत र नापी कार्यालयको शाखा कार्यालय रौतहटको चन्द्रनिगाहपुरमा पनि स्थापना गर्ने विषयलाई लिएर भएको आन्दोलनको क्रममा सहिद भएका रामआशिष ठाकुरको सम्झनामा गौरमा विहीवार आयोजित शोकसभामा श्रद्धान्जली व्यक्त गर्दै महतोले साता व्यापी आन्दोलनबाट बाहिर आएका मागहरु प्रति सरकार गम्भिर नभए पुनः मधेशी जनताहरु निर्णायक संघर्ष गर्नु बाहेक कुनै विकल्प नभएको बताए ।

सहमतीको आधारमा संविधान निर्माण गर्ने कार्यलाई प्रथमिकताका साथ अघि बढाउनु पर्ने अवस्थामा वर्तमान सरकारले मधेशवादी दललाई उक्त कार्यबाट विमुख बनाउन सेवा कार्यालय स्थापना गराउने कुटिल चालको षड्यन्त्र गरेको आरोप उनले लगाए ।

सेवा कार्यालयको नाममा नेपाली नेपाली विच कुटाकुट गराउने वर्तमान सरकारको कार्यशैलीलाई जति भर्सत्सना गरेमा कमै हुने जिकिर गर्दै देशवासीलाई सेवाको खाँचो रहेको अवस्थामा पहाडी जिल्लामा सेवा कार्यालयहरु स्थापना नगरिएको र मधेसमा मात्रै विभाजन ल्याउन खोजेको उनको आरोप छ ।

एमाओवादीका नेता हरिबोल गजुरेलले बर्षौ देखि राज्य सत्ता चलाउनेहरुले मधेशी जनता माथि दमन शोषण गर्ने कार्य अझै पनि कायमै राखेको प्रति कडा आलोचना गरे ।

उनले सशस्त्र प्रहरीको दमनबाट मारिएका रामअशिष ठाकुरलाई सहिद घोषणा नभएमा चरणबद्ध संघर्षको कार्यक्रम चाडै तय गरिने उनले चेतावनी समेत दिए ।

ठाकुरको शोक सभालाई सम्बोधन गर्दै तराई मधेश सदभावना पार्टीका अध्यक्ष महेन्द्र यादवले शान्तिपूर्ण आन्दोलनमा स्थानीय प्रहरी प्रशासनले गरेको दमनबाट बिचलित नभएको भन्दै रौतहटका जनतालाई धन्यवाद दिए ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७