संविधान निर्माण लम्याउन नहुने : महासचिव मौनाली

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

CP Mainaliभक्तपुर । नेकपा मालेका महासचिव सिपी मौनालीले दलहरुकोबीचमा संवाद र सहमतिका लागि केहि समय पछाडि धकेल्न सकिने भए पनि अनन्तकालसम्म संविधान निर्माण लम्याउन नहुने बताएका छन् ।

रफत सञ्चार क्लव भक्तपुरमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनले देशको प्रमुख कार्य नै संविधान निर्माण भएकाले छिटोभन्दा छिटो संविधान जारी गर्नुपर्ने बताए । छिटोभन्दा छिटो सहमतिमा गरेर प्रक्रियामा जानुपर्ने उनको भनाई छ ।

उनले एमाओवादीले केहि विवादीत विषयलाई थाती राखेर संविधान निर्माण अगाडि बढाउनुपर्ने बताए । नेपालमा जातीय, क्षेत्रीय नामाधारी संघीयता बनाउन आवश्यक नभएको मैलानीको कथन थियो ।

राज्यले नेपालमा कति जाति, भाषा छन् भनेर एकिन गर्न नसकेको अवस्थामा जातीय संघीयतामा जाुन उपयुक्त नभएको मैनालीले बताए । राणशासनकादेखि नै नेपालमा जातीय भेद्भाव भएको उदारण रहेको पाइए पनि कांग्रेस र एमालेले स्वीकार नगर्दा समस्या उत्पन्न भएको उनको भनाई छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७