सरकारले सार्क फ्रेमवर्किङका लागि व्यवस्थापिका संसदमा पेश गर्ने

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

singh durbarकाठमाडौं । सरकारले सार्क शिखर सम्मेलनको क्रममा भएको सार्क फ्रेमवर्किङ एग्रिमेन्ट फर इनर्जी अनुमोदनका लागि व्यवस्थापिका संसदमा पेश गर्ने निर्णय गरेको छ ।

बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले एग्रिमेन्ट अनुमोदनका लागि व्यवस्थापिका संसदमा पेश गर्ने निर्णय गरेको हो ।

यस्तै बैठकले अमेरिकाको मेरिन्ट च्यालेन्ज को–अपरेटिभ कम्पाक्ट कार्यक्रमको तयारीको लागि पूर्व सचिव श्रीकृण ज्ञवालीको संयोजकत्वमा तयारी समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

बैठकले उक्त समतिलाई निर्देशन दिनको लागि अर्थमन्त्रीको संोजकत्वमा निर्देशन समिति पनि गठन गरेको छ । जसको विज्ञ समुह राष्ट्रिय योजना आयोग अन्तर्गत रहने व्यवस्था मिलाइएको छ ।

त्यस्तै बैठकले स्वाइन फ्लुको कारण ज्यान गुमाएका एमाले नेता रामनाथ ढकालको उपचार खर्च उनको परिवारलाई उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

सम्बन्धित खबरहरु