बाटो बिराएका एमाओवादी अध्यक्ष प्रचण्ड सहमति तर्फ

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

prachanda janaboliजनबोली २७ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डले तीन गर्ने भनिएको आन्दोलन फिर्ता लिए सँगै मुलुकको मात्र नभएर उनले आफ्नै प्रतिष्ठा जोगाएका छन् ।

लगातारको संविधानसभाको अवरुद्ध बैठकले अन्ततः प्रचण्ड स्वयं नै संविधान निर्माणमा जोड दिन कसरतरत छन् । एमाओवादी लगायतको ३० दलीय गठबन्धनले चाहे अनुरुपको संविधान निर्माण गर्न प्रक्रिया जारी गर्न नसकिरहँदा सत्तारुढ दलमाथि बारम्बार खनिरहँदा कुनै निचोड ननिस्किए पछि प्रचण्ड संविधान निर्माणमा जोड दिन थालेका छन् ।

समयमै संविधान जारी गर्नुछ । प्रचण्डले वर्ल्ड ट्रेड सेन्टरमा व्यवसायीसँग आयोजना गरेको अन्तरक्रियामा उनीसँग निकट रहेका व्यवसायीले पनि बन्द गर्नु ठीक छ भन्न सकेनन् । मधेसमा खास जनाधार नभएका, एकाध वर्ष सरकारमा जान नपाएर रन्थनिएका, कुनै बिग्रह उत्पन्न गर्न सकेमा त्यसबाट फाइदा हुन्छ कि भनेर बसेका र प्रकारान्तरले मुलुकलाई कमजोर बनाउन भूमिका खेलिरहेका केही मधेस केन्द्रित दलबाहेक यसपटकको बन्दका पक्षमा कुनै समर्थन थिएन ।

मुलुकको नेतृत्व गरिसकेका, आर्थिक सामाजिक रुपान्तरणको भाषण गरेर नथाक्ने र नयाँ परिवर्तनको कपिराइट दाबी गर्ने पुष्पकमल दाहाललाई पनि जनतालाई दुःख दिने गरी बन्द आयोजना गरौँ भन्ने मनमा भएजस्तो लाग्दैन । तर, वरिपरि झुन्डिएका मधेसी दलरुपी गलगाँडले सम्भवतः उनलाई पनि त्यस अपि्रय अवस्थामा पुर्‍यायो होला भन्ने अनुमान एक दिनमै बन्द फिर्ता लिनुबाट गर्न सकिन्छ ।

सार्वजनिक भएका विवरणहरु अनुसार, आइतबार बन्दको समीक्षा गर्न बसेको ३० दलीय बैठकमा पुष्पकमल दाहाल र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारबाहेक अरु दलका नेताले कुनै पनि हालतमा बन्द फिर्ता लिन नहुने धारणा राखेका रहेछन् ।

जसको कुनै जनाधार छैन, मुलुक बन्द हुँदा वा भत्किँदा जसले कुनै जिम्मेवारी लिनुपर्दैन र जसको उद्देश्य नै मुलुकमा अस्थिरता सिर्जना गर्ने छ, तिनीहरुलाई साथमा लिएर जाँदा कस्तो जटिलता हुँदोरहेछ भन्ने सम्भवतः पुष्पकमल दाहालले यसपकट राम्रैसँग अनुभूत गरेका होलान् ।

जे भए पनि सम्वादको ढोका फेरि खुलेको छ । संविधानसभाको सम्वाद समितिमा लज्जास्पद असफलतापछि उत्तेजित भएका बाबुराम भटराईले समेत सामाजिक सञ्जालबाटै सहमतिका लागि दुबै पक्षमाथि दवाब दिन नागरिक समाजलाई सार्वजनिक रुपमा अपील गरेका छन् ।

एमाओवादीका दोस्रो तहका नेताहरु वार्ताका लागि सक्रिय भएका छन् र उनीहरुले प्रधानमन्त्री सुशील कोइराला, एमाले बरिष्ठ नेता माधवकुमार नेपाललगायतलाई भेटेका छन् ।

सम्बन्धित खबरहरु