नेपालमा पर्यटक आगमन दर बढाउन टोकियोमा र्‍याली

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

tokyo_japanजापान । नेपालमा पर्यटक आगमन दर बढाउन टोकियोमा आगामी आइतबार बृहत् र्‍याली गरिने भएको छ ।

र्‍यालीमार्फत गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने मूल सन्देश प्रवाह हुने र यसबाट जापानका पर्यटक नेपाल घुम्न जाने विश्वास लिइएको छ ।

नेपाल साच्चीकै घुम्न लायक मुलुक हो भन्ने सही सन्देश विश्वभर फैलाउने उद्देश्यले जापानमा क्रियाशील दुई संस्था नेपाल जापान युथ क्लब र विफ अल नामक संस्थाको संयुक्त आयोजनामा टोकियोको दोस्रो ठूलो बजार शिबुया स्टेसनबाट र्‍याली गर्न लागिएको हो ।

नगरपालिका र स्थानीय प्रहरीको अनुमतिसहित र्‍यालीको सम्पूर्ण तयारी पूरा भएको जानकारी आयोजक संस्थाका अभिषेक सुवेदीले दिए ।

सुवेदीका अनुसार पटक पटक धावा बोल्दै गौतमबुद्ध आफ्नो भूमिमा जन्मेको भन्ने भारतको गलत सन्देशलाई यस प्रकारका  र्‍यालीले चिर्नेछ ।

र्‍यालीमा नेपाली, जापानीसहित यहाँ बसोवास गर्ने व्यक्तिहरुको सहभागिता हुने आयोजकले जनाएको छ । गत वर्ष पनि यहाँ यस्तै र्‍याली आयोजना गरिएको थियो ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७