प्रहरीको यातनाबाट घाइते भएकी राईको शल्यक्रिया गरिने

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

bhojpurजनबोली २७  चैत, काठमाडौ । प्रहरीको यातनाबाट गम्भीर घाइते भएकी भोजपुरकी प्रतिमा राईको शुक्रवार शल्यक्रिया गरिने भएको छ ।

३० दलीय मोर्चाको बन्दको पूर्वसन्ध्यामा चैत २३ गते भोजपुरमा भएको मसाल जुलुसमा सहभागी भएको भन्दै उनलाई प्रहरीले यातना दिएको थियो ।

प्रहरीले आन्दोलनकारीले बालेको आगो झोंसेर प्रतिमालाई घाइते बनाएको अान्दाेलनकारी दलहरूले जनाएका छन् । घाइते प्रतिमाको कीर्तिपुर अस्पतालको नेपाल क्राफ्ट एण्ड बर्न सेन्टरमा उपचार भइरहेको छ ।

आगोले झोंसेर तिघ्रामा गहिलो चोट लागेकोले शल्यक्रिया नै गर्नुपर्ने अवस्था रहेको कीतिपुर अस्पतालका डा. शंकर राईले बताए । गहिरो गरी जलेको भागमा ‘स्क्रिन क्र्याफ्टिङ’ (जलेको भागमा नजलेको मासु काटी जोडिने) गरिने डा. राईले बताए ।

काटिएको भागमा संक्रमण नभएमा निको हुन एक महिलभन्दा बढी लाग्ने चिकित्सकहरुको भनाई छ ।
आगोले जलेर गम्भीर घाइते प्रतिमाको उपचारका लागि आन्दोलनरत दलहरुले आर्थिक संकलन अभियान पनि चलाइरहेका छन् ।

एबी पोजेटिभ रक्त समूहकी प्रतिमाको उपचारका लागि रगत संकलन तथा उपचार सामग्रीहरु जुटाउने कार्य भइसकेको प्रतिमाका श्रीमान तथा संघीय समाजवादी पार्टीका भोजपुर जिल्ला सदस्य अर्जुन राईले बताए ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७