श्रीमतीको हत्या गरी फरार विक पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

nawalparasi_districtजनबोली २७ चैत, नवलपरासी । श्रीमतीको हत्या गरी फरार भएका हमबहादुर विकलाई नवलपरासी प्रहरीले पक्राउ गरेको छ । नवलपरासीको अर्खला ९ कोखेटारमा घाँटी रेटेर श्रीमतीको हत्या गरी हमबहादुर फरार रहेका थिए । उनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

उनलाई नवलपरासीको धौवादीको हुरहुरे डाँडाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।

बिहीबार पँधेरामा सँगै नुहाउन गएका उनीहरु साँझ अवेरसम्म घर नफर्केपछि खोज्दा श्रीमती रीता विकलाई मृत अवस्थामा फेला पारिएको थियो । उनको शरीर दुई टुक्रा भएको थियो । शवको पोस्टमाटमका लागि अस्पताल लगिएको छ ।

हत्याको कारण खुल्न नसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७