काठमाडौं। समाजसेवापनि यति हदसम्मको हुन्छ ? धेरैलाई पत्यार नलाग्न सक्छ । तर समाजसेवी श्रीजङ्ग शाह र रुद्र कुमारीले आफू बस्दै आएको घरसहितको जग्गा दान गरेका छन् । त्योपनि बाल आँखा अस्पताललाई दिएका छन् । शिशु अवस्थामै ज्योति गुमाउन सक्ने नेपालका बालबालिकाका लागि उनीहरु वरदान सावित भएका छन् । उनीहरुको यो दानवीर मनले अब हज्जारौ बालबालिकाले ज्योति पाउनेछन् । नेपालगञ्जस्थित फत्ते बाल आँखा अस्पताललाई उनीहरुले दान गरेका हुन् ।

शनिबार आफ्नै निवासमा पत्रकार सम्मेलन गरी शाहले काठमाडौं कान्तिपथस्थित आफू बस्दै आएको घर र त्यसले चर्चेको जग्गा दान दिएको जानकारी गराएका हुन् । आफूहरुको मृत्यु पश्चात नेपालगञ्जस्थित फत्ते बालआँखा अस्पतालले प्रयोग गर्न पाउने गरी रजिष्ट्रेसन पास गरिदिएका हुन् । जग्गाको सरकारी मूल्य मात्रै २१ करोड २३ लाख २५ हजार रुपैयाँ छ । बेच्ने हो भने करिव एक अर्ब पर्न आउँछ । श्रीजङ्गका बुबा कप्तान फत्तेजंग शाह तथा आमा बाल दिव्यश्वरी शाहले नेपालगन्जको फुटेग्रास्थित २० कोठाको घर र करिब ३० कठ्ठा जग्गा यही अस्पताललाई दान दिएका थिए ।

त्यसैले अस्पतालको नाममा नै दाताको नामबाट रहृयो । शाहले देश र जनताको हितका लागि आफूले आखा अस्पताललाई जग्गा दान दिएको बताए । ९१ वर्षीय श्रीजंग पत्नी रुद्रकुमारीसँगै बस्दै आएका छन् । उनीहरुकी एक विवाहित छोरी छिन् । २०४३ सालमा १० शैयाबाट सुरु भएको फत्ते बाल आँखा अस्पताल अहिले २ सय ५० बेड सञ्चालनमा छ । यी भगवानरुपी मानवलाई सम्मान स्वरुप लाईक, कमेण्ट र आफुलाई लागेका शब्द लेखेर समाचार सेयर गरिदिनुहोला । जसले धेरै मानिसहरुलाई मनकारी बनाउन मद्त गरोस् ।

सम्बन्धित खबरहरु