कार्यकक्षमा लगाईएको ताला अझै खुल्न सकेन

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

bp-koirala-health-scienceकाठमाडौ । विगत ६ दिनेअघि केही कर्मचारीले आवेगमा आएर बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मुख्य चार पदाधिकारीको कार्यकक्षमा लगाईएको ताला अझै खुल्न सकेको छैन । प्रतिष्ठानको पदाधिकारीकोमा ताला लगाईएको असर उपचारमा आउने विरामीमा पर्न थालेको छ ।

प्रतिष्ठानमा दैनिक हजारभन्दा बढि विरामीहरु थप उपचारका लागि भर्ना हुने हुँदा उनीहरुका लागि अत्यावश्यक पर्ने औषधी उपकरण लगायका बस्तु तत्काल खरिद गर्न नसक्ने परिस्थिति निर्माण भएकाले विरामीको उपचारमा समस्या आउन थालेको हो । आफुहरुलाई प्रतिष्ठानको कर्मचारी तदर्थ समिति भनाउने कर्मचारीहरुले गैर जिम्मेवार भएर क्षणिक आवेगमा प्रतिष्ठानका उपकुलपति पोफेसर डा. बलभद्रप्रसाद दास, शिक्षाध्यक्ष प्रोफेसर डा. बिक्रम श्रेष्ठ, रजिष्टार तुलबहादुर श्रेष्ठ र अस्पताल प्रमुख प्रोफेसर डा अरविन्दकुमार सिन्हाको कार्यकक्षमा ताला लगाईएको थियो ।

Bp-hospital

 छ दिन अघि लगाइएको ताला नखुलेपछि प्रतिष्ठानका लागि दैनिक चाहिने आवश्यक सामग्री खरिद समेत हुन नसक्ने अवस्था सिर्जना भएको छ । केही कर्मचारीको उत्तेजनापूर्ण गतिविधिले दैनिक हजारभन्दा बढि विरामीहरु उपचारका लागि आउने रिफरल अस्पताल जस्तो प्रतिष्ठानको उपचार सेवामा समेत प्रतिकुल असर पार्ने कार्य भई रहेको छ ।

प्रतिष्ठानका उपकुलपति प्रोफेसर डा बलभदपसाद दासले कर्मचारीहरुले सामान्य मर्यादाको समेत ख्याल नगर्नाले कर्मचारीले तलव खाने र विरामीका लागि आवश्यक पर्ने औषधी उपकरण खरिद गर्न प्रतिकुल असर परिरहेको बताए । सहज रुपमा काम गर्ने बाताबरण बनाई दिनका लागि आफुहरुले ताला लगाएकै दिनदेखि स्थानीय प्रशासनलाई लिखित रुपमा् नै आग्रह गरिसकेको जानकारी गराउनुहुदै उपकुलपति डा. दासले उच्छृखल कार्य गर्नु प्रतिष्ठान र कर्मचारीको आचार संहिता विपरितको काम भएको बताए ।

कर्मचारी र सर्वसाधारण सेवाग्राही जनताप्रति उदासिन बनेर केही कर्मचारीहरुको समुहले प्रतिष्ठानको जिम्मेवार पदाधिकारीको कार्यकक्षमा लगाएको ताला खोलाउने विषयमा स्थानीय पशासनले समेत खासै चासो नराखेका कारणले तालाबन्दी गर्ने कर्मचारीहरुमा जे गरे पनि हुन्छ भन्ने मानसिकता बढिरहेको पाईएको गुनासो बढन थालेको छ । प्रतिष्ठानको गरिमा घटाउने र आफनोमात्र कद उचाईमा पुगेको ठान्ने सिमित कर्मचारीहरुकै कारणले आज पतिष्ठानले अपमानित बन्नु परेको सेवाग्राहीहरुको भनाइ छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७