पाकिस्तानी नौसेनाले एघार भारतीयको उद्धार गर्यो

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

pakistan-flag-630नयाँ दिल्ली । केही समययतादेखि द्वन्द्वग्रस्त मुलुक यमनबाट पाकिस्तानी नौसेनाले एघार भारतीयको उद्धार गरेको छ ।

उद्धार गरिएका ती भारतीयलाई पाकिस्तानी हवाई सेनाको विशेष विमानबाट फर्काइएको र उनीहरु बुधबार साँझसम्म भारत पुगीसकेको स्थानीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

उद्धार गरी फर्काइएका भारतीय नागरिकलाई स्वागत गर्न फूलमाला लिई भारतका लागि पाकिस्तानी उच्च आयोग प्रमुख अब्दुल बसीतसहित केही अन्य भारतीय अधिकारीहरु विमानस्थलमा उपस्थित रहेका प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ ।

यसरी पाकिस्तानी सैनिक दलले भारतीयहरुलाई यमनबाट फर्काउन सहयोग गरी मैत्री सम्बन्ध बढाएकोमा स्थानीय नागरिकहरुले हृदयदेखि नै पाकिस्तानको प्रशंसा गरेका छन् । रासस/सिन्ह्वा

सम्बन्धित खबरहरु