चितवनको सौराहामा विश्वमै दुर्लभ मानिएको नयाँ चरा भेटियो

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

new birdजनबोली २७ चैत, चितवन । चितवनको सौराहामा विश्वमै दुर्लभ मानिएको नयाँ चरा भेटिएको छ । कास्मिर फ्लाइक्याचर (कास्मिर अर्जुनक) नामको चरा सौराहामा फेला परेको वर्ड एजुकेसन सोसाइटी चितवनले जानकारी दिएको छ ।

साताव्यापीरुपमा चराको गुण गणनामा निस्किएका चरा विज्ञकोे टोलीले उक्त चरा सौराहाको एक होटलको बगैंचामा फेला पारेका हुन् ।

सोसाइटीका प्रतिनिधि वासु विंडारी, टिका गिरी, टेकबहादुर गुरुङ, रमेश चौधरीको अनुसन्धानपछि चराको पुष्टि गरिएको थियो । यो चरा १५ वर्षअघि ठोरी क्षेत्रमा एकपटक भेटिएको र त्यसपछि भेटिएको थिएन । शरीरको तल्लो भागका खैरो, पखेटा फुस्रे कालो रङको चरा लोपोन्मुख हो ।

गर्मीयाममा आउने चराको अवस्था कस्तो छ र बच्चा कोरल्ने अवस्था कस्तो छ भनेर दुई दिनदेखि सुरु चराको गुणको गणनाका क्रममा नयाँ चरा फेला पारिएको हो ।

प्राय यो समयमा बाहिरबाट निकुञ्जमा बच्चा कोरल्नका लागि चराहरु आउने गर्दछन् । अनुगमनमा भने चराका गुणहरु राम्रै पाइएको चराविज्ञहरुले बताएका छन् ।

वर्ड एजुकेसन सोसाइटी र चितवन निकुञ्जले गणना सुरु गरेको हो । यसका लागि १२ जना चराविज्ञ खटिएका छन् ।

नेपालमा ८७५ प्रजातीका चरामध्ये चितवनमा ६२६ प्रजातीका छन् । चितवन निकुञ्जमा मात्रै ५७६ प्रजातीका चरा छन् । रासस

सम्बन्धित खबरहरु