नाच्दा नाच्दै भुईँमा बजारिएर नर्तकीको वक्षस्थल फुटेपछि…

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

dancer blast her breastनिकै उत्तेजक पोल डान्स गर्ने एक नर्तकी युवतीको नाच्ने क्रममा एउटा वक्षस्थल नै पडि्कएर फुट्यो अनि उनलाई तत्कालै अस्पतालमा लग्नुपर्यो ।

घटना भेनेजुयलाको हो । पोल डान्सर मोडेल डियोसा क्यानेल्सले हालै पोल डान्स देखाइरहेको बेलामा नियन्त्रण गुमाई पोलबाट फुत्किएर भुइँमा बजारिन पुगिन् । उनी भुइँमा पछारिँदा घोप्टो परेकी थिइन् जसका कारण उनको छातिको भाग भुइँमा नराम्रोसँग थचारियो । त्यो दुर्घटनाले २८ वर्षकी नर्तकीको वक्षस्थल नै फुट्न पुग्यो र उनलाई तत्कालै आकस्मि शल्यक्रिया नै गर्नुपर्यो ।

प्लेब्वाय मोडेल समेत रहेकी क्यानेल्सका वक्षस्थल कति कमजोर रहेछन् जुन मान्छे भुइँमा थचारिँदा प्वाट्टै फुट्ने ? भन्ने सोँच्नुहोला । वास्तवमा ती सक्कली नभएर प्रत्यारोपण गरी आकार बढाइएका वक्षस्थल रहेछन् । त्यसैले उनको छाति भुइँमा बजारिँदा उनको एउटा सिलिकन भरिएको वक्षस्थल फुट्न पुग्यो र उनलाई तत्कालै अस्पताल लगेर पुनः शल्यक्रिया गरी वक्षस्थललाई पूरानै अवस्थामा ल्याइयो ।babs

उनले अस्पतालको बेडबाटै आफ्ना फ्यानका लागि इन्स्टाग्राममार्फत तस्वीर सहितको सन्देश लेखेकी छिन् । जसमा उनले लेखेकी छिन्, ‘मेरा पि्रयजनहरु, हिजो मेरो आकस्मिक शल्यक्रिया भयो । पोल डान्सको अभ्यास गरिरहेको बेला म खसेँ र मेरो कृत्रिम वक्षस्थल फुट्यो ।’ साथै उनले आफु छिटै ठीक हुने भन्दै चिन्ता नगर्न समेत आग्रह गरेकी छिन् ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७