एमाले शक्तिको रुपमा स्थापित भईसक्यो, संविधान जसरी जारी हुन्छ : एमाले सचिव भट्टराई

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २७ चैत, २०७१

press chautari bhelaजनबोली २७ चैत, प्रेस चौतारी नेपालले मध्यमाञ्चल भेला काभ्रेपलाञ्चोकको पर्यटकीय नगरी बनेपामा सम्पन्न गरेको छ । प्रेस चौतारि नेपालको मध्यमाञ्चल भेलामा मध्यमाञ्चलका हरेक जिल्लाबाट आएका अध्यक्ष, सचिव र एक महिला सदस्य सहित केन्द्रीय समितिको टोली सहभागी थिए ।

press chautari bhela 1

भेलालाई सम्वोधन गर्दै नेकपा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रेस चौतारी नेपाल मार्फत् नेपालको प्रेस जगतमा एमालेले विशिष्ट भूमिका निर्वाह गर्ने बताउँदै व्यावसायिक रुपमा एमाले कटिबद्ध रहेको दावी गरे  । एमाले सक्रिय शक्तिको रुपमा स्थापित भईसकेको छ । जस्तोसुकै हालतमा पनि संविधान जारी हुन्छ, भट्टराईले बताए ।

भेलामा नेकपा एमाले केन्द्रिय सदस्य एवं प्रचार उप प्रमुख सूर्य थापा लगायतले आफ्नो विचार राखेका थिए । बनेपामा आयोजित भेलाले नेपालको प्रेस जगतमा देखिएका विद्यमान समस्यालाई इंगित गर्दै सोको निवारण गर्न गहन छलफल गर्ने छ ।

सम्बन्धित खबरहरु