काठमाडौ । पछिल्लो समयमा पार्टीभित्र विभिन्न कोणबाट आलोचना खेपिरहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छोरा जयवीर देउवालाई राजनीतिमा सक्रिय हुन आग्रह गरेका छन् । प्रधानमन्त्रीबाट राजिनामा दिएर बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ सरेको केही बेरपछि देउवा दम्पत्तिवीच छोरा जयवीरलाई राजनीतिमा ल्याउने वा नल्याउने भन्नेबारेमा छलफल भएको परिवार स्रोतले जनाएको छ । उनले आउने महाधिवेशनबाटै जयवीरले सक्रिय राजनीति गर्नुपर्छ मान्यतामा रहेको र नेतृ डा. आरजु राणा देउवा पनि सहमत भएको खुलासा भएको छ । यता देउवाका छोरा अहिले २३ वर्षका भए । उनी बेलायतको यूनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन्। जयवीर पनि राजनीतिशास्त्रकै विद्यार्थी भएकोले उनले सक्रिय राजनीति गर्छन् भन्ने पूर्वानुमान पहिल्यैदेखि नै थियो । तर, अहिले आएर देउवाले छोरालाई सक्रिय राजनीतिमा होम्याउनेगरि यस्तो निर्णय गरे ।
अब देउवाले छोरालाई राजनितिमा जमाउने ! के गर्लान् त जयवीरले ?
- जनबोली न्यूज नेटवर्क