मासु चिउरा खुवाएर बालिका बलात्कार

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २८ चैत, २०७१

dolakha_districtदोलखा । माछा, चिउरा र पेय पदार्थ दिएर फकाउँदै १२ वर्षीया बालिका बलात्कार गर्नेलाई १० बर्ष कैद सजाँय दिने फैसला भएको छ ।

बसयात्राको क्रममा चिनापर्ची गरी मावला हिँडेकी बालिकालाई होटलमा राखेर बलात्कार गर्ने मिर्गे गाविस- ३ का २४ वर्षीय रामजी राउतलाई कैदका साथै १ लाख रुपैयाँ क्षेतीपूर्ति भराउनेसमेत फैसला भएको छ ।

दोलखा जिल्ला अदालतका न्यायधिश ठाकुरप्रसाद शर्माको इजलासले बिहीबार गरेको फैसलामा मुलुकी ऐन जबरजस्ती करणी १ को देहाय ३-२ को कसुरमा १० बर्ष कैद र सोही ऐनको १० नम्बर बमोजिम पीडित बालिकालाई १ लाख दिलाउने गरी फैसला गरेको हो ।

ऐन अनुसार १६ बर्ष भन्दा कम उमेरकी बालिकालाई मञ्जुरी लिई वा नलिइ करणी गरेमा जबरजस्ती करणी ठहर्छ । भीमेश्वर नगरपालिकाबाट मैनापोखरीस्थित मामाघर गएकी बालिकालाई राउतले ढोकानिर उभिएर यात्रा गर्दागर्दै फकाएको अदालतमा सुरक्षित प्रमाणबाट खुल्छ ।

मिर्गे हिँडेका राउतले बालिकालाई तामाकोसी बजारमा ओरालेर माछा चिउरा खुवाएर मामाघर पुर्याइदिन्छु भन्दै अर्को बसमा चढाएका थिए । मैनापोखरीस्थित मामाघर पुग्नेबेलामा साँझ परेकाले जिरी लगेर बस्ने प्रस्तावलाई बालिकाले स्वीकारेपछि राउतले होटलमा बास राखेर बलात्कार गर्ने मौका पाएका थिए ।

सम्बन्धित खबरहरु