‘सत्ताको लोभि’ प्रचण्ड : यादव

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २८ चैत, २०७१

upendra_yadavजनबोली २७ चैत, मोरङ । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ताको लोभि भएको आरोप लगाएका छन् ।

शुक्रबार विराटनगरस्थित निवासमा पत्रकार सम्मेलन गर्दै यादवले आमहड्ताल फिर्ता लिएर प्रचण्डले ढाटेको आरोप लगाए ।

उनले आमहड्ताल फिर्ता लिनुको कारण बारे जनतासामु स्पष्ट नपारेसम्म कुनै पनि बैठकमा सहभागी नहुने बताए । ३० दलीय मोर्चाको आमहड्ताल बिचमै फिर्ता लिनुमा प्रचण्ड र कांग्रेस एमालेबीच गोप्य सहमति भएको हुनसक्ने उनले आशंका गरे ।

अध्यक्ष यादवले प्रचण्ड सत्तामा जान चाहेको भन्दै उनको नेतृत्व क्षमतामा समेत प्रश्न उठाए । यादवले प्रचण्डको ढुलमुले चरित्रको कारण शुक्रबारको ३० दलीय मोर्चा र संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनको बैठकमा सहभागी नभएको स्पष्ट पारे ।

उनले प्रचण्डले सत्तापक्षसँग सहमति गरेर आन्दोलन फिर्ता गरेको भन्दै अरुकसैको नेतृत्वमा मोर्चा पुनर्गठन हुने संभावना व्यक्त गरे ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७