विश्वकपमा भारत पराजित भएपछि कोहलीले भने

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २८ चैत, २०७१

birat-kohaliएजेन्सी । विश्वकप क्रिकेटको सेमिफाइनलमा पराजित भएपछि अनुष्का शर्मा र आफ्नो आलोचना भएकोमा स्टार ब्याट्सम्यान विराट कोहलीले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

वानडे टिमका उपकप्तान कोहलीले आफूहरु विरुद्ध भएको प्रचारबाजीप्रति दुःख व्यक्त गरेका हुन् । उनले आफूले लगातार राम्रो प्रदर्शन गरेपनि एक खेलमा आफ्नो प्रदर्शनलाई लिएर गरेको टिप्पणीले आफूलाई दुःखी बनाएको बताए ।

उनले समर्थकहरुको प्रतिक्रियाले आफूलाई चोट पुगेको पनि बताएका छन् । अस्ट्रेलियाविरुद्धको सेमिफाइनलका क्रममा विराट कोहलीकी प्रेमिका अनुष्का शर्मा पनि सिड्नी पुगेकी थिइन् ।

उक्त खेलमा १३ बलको सामना गरेका कोहलीले १ रनमात्रै जोडेर आउट भएका थिए । त्यसपछि लर्खराएको भारतीय पारीलाई कप्तान महेन्द्रसिंह धोनीले उकास्न खोजेपनि ९५ रनको हार भोगेको थियो ।

त्यसलगत्तै विराट र अनुष्काप्रति सामाजिक सञ्जालमा तिव्र आलोचना भएको थियो ।

सम्बन्धित खबरहरु

लागूऔषधसहित पक्राउ
  • सोमबार ५ असोज, २०७७
शेयर कारोवार ओरालो लाग्यो
  • सोमबार ५ असोज, २०७७
दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७