राष्ट्रिय लिग फुटबल : नेपाल प्रहरीद्वारा थ्री स्टार पराजित

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २८ चैत, २०७१
Nepal Police vs Three star

तस्विर: गोल नेपाल डटकम

जनबोली २७ चैत, काठमाडौं । नेपाल पुलिस क्लबले राष्ट्रिय लिग फुटबलमा पहिलो जित दर्ता गरेको छ । शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पुलिसले थ्रीस्टार क्लबलाई २-१ गोलले पराजित गर्‍यो ।

जितसँगै पुलिस लिग टेबलको सातौं स्थानमा पुगेको छ । खेलको ४९ औं सेकेन्डमा पुलिसका भरत साहले झन्डै ३० यार्डबाट प्रहार गरेको बलले जालि चुम्यो । २४ औं मिनेटमा योगेश श्रेठको पासमा बिनोद कार्कीले पुलिसको अग्रता दोब्बर बनाए ।

पहिलो हाफमा पुलिसले २-० को अग्रता लियो । दोस्रो हाफको ८१ औं मिनेटमा निराजन खड्काले थ्रीस्टारका लागि गोल गरे । हारका बाबजुद पनि थ्रीस्टार ७ अंकका साथ तेस्रो स्थानमा छ ।

सम्बन्धित खबरहरु