बाग्मतीको संरक्षणमा प्रतिबद्ध भएर लाग्नुपर्ने : अध्यक्ष ओली

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २८ चैत, २०७१

kp  oliजनबोली २८ चैत, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाग्मती नदी नेपालको सभ्यता भएकाले त्यसको संरक्षणमा प्रतिबद्ध भएर सारा नेपाली लाग्नुपर्नेमा जोड दिएका छन् ।

महाअभियानमा सहभागी हुन थापाथली क्षेत्रमा पुगेका अध्यक्ष ओलीले फोहरमैलाको समुचित व्यवस्थापन गरेर मुलुकवासी र विश्वलाई नयाँ नै सन्देश दिनुपर्ने विचार व्यक्त गर्दै स्वच्छ वातावरण भए देशको गौरव र प्रतिष्ठा बढ्ने बताए ।

नेपालको सभ्यता बाग्मतीको सभ्यतासँग गाँसिएको बताउँदै उनले सफाइ अभियानलाई निरन्तरता दिनसमेत आग्रह गरे । सो स्थानमा नेपाली काँग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा एमालेका मुख्य सचेतक अग्नि खरेल, एकीकृत नेकपा माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेललगायत सहभागी थिए ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७