सहमति, सहकार्य र एकताबाटै संविधान जारी हुने, मोर्चालाई हातेमालो गर्न आग्रह : प्रधानमन्त्री कोइराला

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २८ चैत, २०७१

susil koiralaजनबोली २८ चैत, काठमाडौ । प्रधानमन्त्री सुशील कोइरालाले सहमति, सहकार्य र एकताबाटै संविधान जारी हुने दृढता व्यक्त गर्दै त्यसमा ढुक्क हुन आग्रह गरेका छन् ।

बाग्मती सफाइ महाअभियानअन्तर्गत आज बिहान पवित्र तीर्थस्थल पशुपतिक्षेत्र नजिक तिलगङ्गा क्षेत्रमा भएको विशाल सभालाई सम्बोधन गर्दै उनले हिमाल, पहाड, तराई, महिला, आदिवासी, जनजाति सबैको अधिकार सुनिश्चित हुने गरी नयाँ संविधान जारी हुने बताए ।

अहिले आन्दोलनभन्दा पनि संविधान लेखन नै प्रमुख प्राथमिकता भएकाले सरकारको ध्यान त्यसैतर्फ केन्द्रित रहेको स्पष्ट गर्दै प्रधानमन्त्री कोइरालाले मुलुकले मुलुकले अब आन्दोलन थेग्न नसक्ने प्रस्ट पारे ।

शान्ति, संविधान, विकास र आर्थिक समृद्धि, नेपाली जनताको चाहना भएकाले जनताका ती आकाङ्क्षा पूरा गर्ने लक्ष्यलाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको प्रधानमन्त्री कोइरालाको कथन थियो ।

उनले सहमति, सहकार्य र एकताबाटै संविधान जारी गर्नुपर्ने बताउदै एमाओवादी मोर्चालाई हातेमालो गर्न आग्रह समेत गरे ।

बाग्मती सफाइ अब साझा अभियान हुनुपर्छ भन्दै उनले महाअभियानमा जुट्न सबैलाई आग्रह गरे । तिलगङ्गा क्षेत्रमा प्रधानन्यायाधीश रामकुमारप्रसाद साह, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो ।

सम्बन्धित खबरहरु