सीताहरू-१६ – परशु प्रधान

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २८ चैत, २०७१
Parashu-Pradhan-Daju

परशु प्रधान

आज पनि ऊ धेरै ढिला उठ्यो । उठनासाथ केहीबेर ओछ्यानमै बसेर खोक्यो, खोकिरह्यो । खोक्दै ट्वाइलेटमा गयो । त्यहाँबाट पनि खोकीको अस्पष्ट आवाज आइरहृयो । त्यही आवाजसँगै मिसिएर चुरोटको नमीठो गन्ध पनि मसम्म आइरहृयो । ट्वाइलेटमा उसले निक्कै समय लगायो । त्यहाँबाट बाहिर निस्क्यो । बाहिरको धारामा दाँत माझयो । दाँत माझुञ्जेल पनि उसलाई खोकीले छाडेन । उसले मुख धोयो र सोध्यो- चिया पाक्यो – आज ढिला भइसक्यो । उसले हातको घडी हेरेर भन्यो- ल हेर, नौ बज्न लागिसकेछ । कतिबेला भात खाने र अफिस जाने –

म केही बोलिँन । किनभने यी वाक्यहरू हरेक दिन मैले सुन्दै आएकी छु – टेप रिकर्डरझैँ । उसलाई चिया दिएँ । हतारहतार चिया खाएर ऊ भात खान बस्यो । भात राम्ररी पाकिसकेको थिएन । ऊ अचानक जङ्गियो- यस्तो पनि हो । जाबो भात पकाएर ख्वाउन पनि नसक्ने ।
मसँग जवाफ थिएन । मैले केही बोलिँन । ऊ फेरि रिसायो- किन केही नबोलेकी – यस्तै ढुङ्गा रहिछे र त लोग्नेले छाडेछ ।
लोग्नेले ‘छाडेछ’ले मलाई भित्रसम्म पोल्यो । मलाई ढिँडे खर्ुसानी खाएजस्तो लाग्यो – कहाँ कहाँ पिरो भयो । म सङ्क्षिप्त जवाफ दिन बाध्य भएँ- आज ग्याँस थिएन । स्टोभमा पकाउँदा ढिला भयो ।
“ग्याँस नयाँ ल्याउनु पर्दैन.. ।”
“पैसा पनि थिएन, फेरि भाउ पनि बढ्यो ।”
“त्यो मेरो मतलबको कुरा होइन । तेरोजस्तो दिनभर सुतेर बस्ने हो र ! अफिसमा कस्तो मारामार छ । एकैदिन सास फर्ेन पाइने होइन । तेरो पो मोज छ ।” – ऊ करायो । धमाधम लुगा लगायो । ढोका खोलेर भन्यो- “म गएँ । तेरो भात पर्खिरहने फर्ूसत मलाई छैन ।”
“खाना खाएर जानुहोस्, पाकिनै सक्यो ।”
“तेरा नाठाहरूलाई खुवा…. म तेरो को हुँ र !” ऊ सरासर बाहिर निस्क्यो । यो कुनै नयाँ घटना थिएन । झण्डै दर्ुइ वर्षहुन लाग्यो- म यस डेरामा बसेको । मैले आफ्नो भाग्यलाई धिक्कारेँ । स्वास्नीमान्छे भएर जन्मनु परेकोमा फेरि आफूभित्रै रोएँ ।
भोक लाग्यो । हिजो बेलुकी पनि राम्रो खान पाएको थिइँन । आफ्नो भाग खाना खाएँ । उसको भाग भाँडैमा राखिदिएँ । केही काम थिएन- शिवाय निदाउनु । ओछ्यानमा गएँ र पल्टेँ । मन धेरै भारी भएर आयो । धेरै डाँडाहरू पारिको माइती सम्झेँ । रमाइलो बाल्यकालका चित्रहरू आए । कत्ति रमाइला थिए ती दिनहरू । स्कुलको हाफटाइममा छेउको जङ्गलमा ऐँसेलुहरू टिप्नु ! साथीहरूसँग लुकामारी खेल्नु ! दशैँमा रोटेपिङ खेल्नु ! अनि आफूलाई केही थाहा नभई अरूले तरुनी भइछे भन्नु ! ती दिनहरूमा र्फकन पाए ! अर्को जुनीमा … । तर अर्को जुनी हुन्छ र –
एकछिन निदाउन पाए हुने । कहाँ न्रि्रा आउनु ! सबै कुराहरू सपनाजस्तो । पीडै-पीडाले भरिएको विगत । अनि अचानक अरबको लाहुरे आउनु । धनसम्पत्ति र गरगहनाको लोभमा बिहे हुनु । पुतलीको खेलजस्तो । लाहुरे विदेश जानु र धेरै लामा वर्षरू बस्नु । बस… वर्षा एक दर्ुइ चिठ्ठी आउनु । सँगसँगैजस्तो बाआमा दुवै खस्नु । आफूलाई निक्कै कडा रोग लाग्नु । गाउँ-घरमा औषधि कहाँ पाउनु ! शहर जाने रकम खै – दाजुहरू भाउजूका हुनु । अब ती सबैका अस्पष्ट अनुहारहरू मात्र छन् । कत्ति बाङ्गाटिङ्गा छन्- मेरो गोरेटाहरू !

अझ न्रि्रा लाग्दैन । फेरि यौटा स्पष्ट चित्र अगाडि आउँछ । सुन्छु- धेरै वर्षछि लोग्ने फर्केर आई धरानमा बसेको छ । त्यहाँ ऊ एक्लै छैन । साथमा अरबमा आफूसँगै काम गर्ने युवती पनि छे । रात-साँझ नभनी धरान पुगेर सोध्छु- यो सब कसरी भयो – मेरो जिन्दगी किन यसरी बरबाद पारिदिनुभो । मैले के भूल गरेकी थिएँ र । ऊ कत्ति सजिलै जवाफ दिन्छ- भूल कसैको छैन । भूल वा गल्ति हाम्रो भाग्यको छ सीता ! तिमी आफ्नो बाटो लिन सक्छ्यौ- म त्रि्रो रोडा हुन्न । हजारका केही नोटहरू फ्याँकेर ऊ कठोर हुन्छ- “मैले उही बिहे गरेँ । हामीसँगै काम गथ्र्यौँ । पश्चिम बाग्लुङ्की केटी । मायाप्रीति बस्यो ।”
“मलाई बर्बाद पार्न पाइन्छ !” – म रुन्छु । तर ऊ केही अर्थ दिँदैन । यत्ति कठोर हुनसक्छ लोग्नेमान्छे –
घडी हर्ेर्छर्ुु दिनको एक बज्न लागिसक्यो । न्रि्रा कहाँ आउनु ! त्यही नोट बोकेर राजधानी आएँ । यो शहरमा आएँ । कसरी आएँ- थाहा छैन । राति ११ः०० बजे गाडीले ल्याएर कलङ्कीमा छाडिदिँदा कुनै होश थिएन । कहाँ जाने – र कसरी जाने – कुनै टुङ्गो थिए । त्यहीबीच सडकमा भेटियो- यो जँड्याहा राम ! ‘तिमी भर्खरै धरानको गाडीमा आएकी । तिमी सीता होइनौँ । म तिमीलाई चिन्छु । म धेरै सीताहरूलाई चिन्छु । मसँग हिँड…’ मलाई भगवान् राम नै भेटेको जस्तो लाग्छ । तै पनि सोध्छु- ‘तपाईँ को – के, नाताले म तपाईँकहाँ जाऊँ – तपाईंको घरमा परिवार होलान् -‘
“कोही पनि छैनन् । तिमी मेरी भाञ्जी । म त्रि्रो मामा । हामी मामा-भाञ्जी । डेरा नजिकै छ । मध्यरात हुन लाग्यो …” यसरी शुरु भएको थियो यो नाटक ।

त्यसै दिनदेखि म यहाँ छु । अर्थात् ऊ मामा भएको छ म भाञ्जी । जाँडले मात्तिएर नआएको उसको कुनै रात हुँदैन । सारा सडक थर्किने गरी कराउँदै आउँछ- ए मेरी भाञ्जी ! ए सीता भाञ्जी । म त्रि्रै साख्खै मामा आएँ । खास मामा आएँ । कुनै रात उसले डेरामा भात खाएको थाहा छैन । धेरै बेर ऊ बर्बराउँछ- सायद रक्सी बर्बराएको हो । सधैँ ऊ यिनै शब्दहरू दोहोर्�याउँछ- ‘म गुल्मीको मान्छे हुँ । म खानदानको बच्चा हुँ । मलाई के ठानेकी छेस् हँ तैँले – म आकाश-पाताल एक गरिदिन सक्छु । मेरा स्वास्नी छोरा-छोरी बुटवलमा बस्छन् । के कसरी बस्छन् – तँलाई थाहा छ – ती महलमा बस्छन् – विशाल महलमा । ल झुप्रै सही । त्यही झुप्रो मेरो महल हो । धन्दा नमान सीता ! म तिनलाई यहाँ ल्याउँदिन । त्यहीँ खेती छ- काम गर्छन् खान्छन् । मलाई के मतलब ! चारचारजना भाल्टाङ्गभुल्टुङ्ग कसले पाउनु भन्यो त्यस राँडलाई । मेरो यो सानु जागिरले काहीँ खानपुग्छ । जबर्जस्ती निदाउन बल गर्छर्ुुक्तिन । भित्रकतै अन्धकार छ । झस्कन्छु- आज आएर के के उपद्रो गर्ने हुन् अब । स्टोभमा रातो चिया बनाउँछु । बिहान एक पैसा थिएन- दूध ल्याउन सकिँन । चिया खाँदै आफैँलाई सोध्छु- सीता ! के यसरी तैँले यो जिन्दगी काट्न सक्छेस् । यो तेरो लोग्ने हो- होइन – यो तेरो मामा हो- होइन – यो तेरो नातेदार हो- होइन – गाउँले हो – होइन – अनि के हो यो – कुन्नि … कहिलेसम्म यसरी जान्छ । त्यसपछि के हुन्छ- थाहा छैन । आफूलाई काटिएको यौटा चङ्गाजस्तो लाग्छ- कहाँ गएर खस्छ के थाहा –
अचानक सम्झन्छु- भोलि साउन एक गते हो । भोलि छिट्टै उसको अफिसमा पुगेर मैले ड्यूटी दिनर्ुपर्छ । भोलि उसको पाकेटबाट रुपियाँ लिन नसके महिनाभरि के खानु – अलिकति तलामाथि परे- सबै तलब बाटोमा न कतै हराउँछ । यसरी कत्ति वर्षबस्नु हो ! मलाई रिङ्गटा लाग्छ ।

बाहिर कहीँ जानु छैन । आफ्नो भन्ने खास कोही छैन । कसलाई भेट्न जानु- यो निष्ठुरी शहरमा । दिनभरि टिभी हेरेर बस्नु- म चाइनिज टिभी ल्याइदिन्छु भनेको पनि स्यालकै कथा भो । कुनै दिनसँगै सिनेमा हर्ेन जाउँला भनेको पनि दन्तकथा भयो । सम्झाएँ भने ऊ सजिलै जवाफ दिन्छ – तँ मेरो को होस् र सिनेमा हर्ेन लगूँ । तँ मेरो श्रीमती होस् – तँ मेरी भाञ्जी होस्.. – कस्तो मान्छे ! सद्दे कहिल्यै नहुने, नभेटिने । साँझ पर्न लाग्यो । साँझसँगै यौटा अव्यक्त डर, असहज अन्धकारले मलाई नराम्ररी छोप्छ । उसका प्रत्येक शब्द मेरा कानमा रिङ्गरिङ्गाउँछन् – तँ घिनलाग्दी भएर नबस् सीता ! मलाई सुघ्घरी, सफा र राम्री आइमाई मनपर्छ । राक्षस्नी जस्ती आइमाई बोक्सी हुन्छन् । म तलाई बोक्सी भएको देख्न चाहन्न । उसका आदेशहरू पालना गर्न म बाध्य छु, विवश छु । आफूले धेरै पढेको छैन- काम गर्न कहाँ जाउँ – फेरि कसले जागिर दिने यो कालमा । उसका जँड्याहा वाक्यहरूले मलाई धेरै पटक थिलथिलो बनाएका छन् – तँलाई मसँग बस्न मन नलागे आजै भाग । अहिल्यै भाग । मलाई तँसँग केही लिनुदिनु छैन । सडकबाट आएकी होस् – सडकमै जान सक्छेस् । राति आएकी थिइस्- बिहानै भाग्न सक्छेस् । धन्य तँलाई लाउनखान दिएको छु, बस्न दिएको छु । अरु तँलाई के चाहियो । महिनावारी खर्च दिएको छु । राम्रै लाएकी छेस्, मीठै खाएकी छेस् ।

कस्तो सङ्कट हो ! यसरी पनि बाँच्नु पर्दो रहेछ । यसरी पनि जिन्दगी हाँक्नुपर्ने रहेछ । आठ बज्यो- उसका जाँड लागेका आवाजहरूले म र्सतर्क हुन्छु – कहाँ छेस् ए राँड ! के गरी मर्दैछेस् ! कि भागिसकिस्… । यी रुटिङ शब्दहरू हुन् । मैले पचाइसकेकी छु । म ढोका खोल्छु । ऊभित्र पस्छ । खाटमा बस्छ । भलाद्मी हुन खोज्छ । तै पनि स्वर निस्कन्छ- बिहान मलाई किन खाना दिइनस् –
“मैले नदिएकी होइन, तपाईँले नखाएको !” म नरम हुन बाध्य छु । “मैले आफ्नो कमाई खान नपाउनु ! तेरो पेवा हो !”
म बोल्दिन । यस्ता कुराहरूको जवाफ मसित छैन । म सहजरूपमा भन्छु- तपाईँको बिहानको खाना बाँकी छ । ल्याइदिउँ ।
“तैँ राँड खा ! मलाई तँ बासी भात ख्वाउने ! के म तेरो नोकर हुँ ।”
“बोल सीता राँड ! म तेरो को हुँ – मसँग तेरो के नाता छ – के सम्बन्धले तँ मसँग बस्छेस् -” उसको रक्सी बोल्छ ।
म बोल्दिन । ऊ जुरुक्क उठ्छ र मेरो गालामा एक थप्पड हान्छ । म ऐया.. भन्छु ।
अझ ऐया भन्छेस् ..! ऊ अर्को थप्पड हान्छ । मेरो गालामा जोडसँग दुख्छ । म रुन थाल्छु ।
“तेरो भात तैँ खा । लौ मेरो खुट्टा मिच । दिनभरि मेचमा बस्दा बस्दा कस्तरी दुखेको छ ।”
म खुट्टा मल्न थाल्छु । ऊ आराम भएको बहाना गर्छ । अचानक एक सयको एक बण्डल नोठ झक्िछ र फ्याँक्छ । “हेर ! मेरो आजको आम्दानी ! पूरै पाँच हजार छ । यौटा घाइते नराम्ररी फस्यो । देखिस् मेरो अफिस कस्तो छ । मेरो जागिर कति राम्रो छ… ।” ऊ भन्छ- त्यो बण्डल तँ राख । केही गरगहना बना । यसै त राम्री छेस् । गहना लगाउँदा बल्दी होस् बत्ती नचाहिने भो ।
मलाई थाहा छ- उसको बानी । म त्यो बण्डल टिप्तिन । “त्यो बण्डल टिप… तँलाई भो !”
म दोधारमा हुन्छु । ऊ के चाहन्छ – मलाई थाहा छ । ऊ होस् र बेहोसमा प्रश्न गर्छ- तँ मेरी स्वास्नी होस् – ऊ आफैँ जवाफ दिन्छ- होइनस् । फेरि प्रश्न गर्छ तँ मेरी भाञ्जी होस् – होइनस्… आफैँ जवाफ दिन्छ ।
“तेरो ब्लाउज खोल… ।” म शून्य हुन्छु ।
“ए सुन, तेरो ब्लाउज खोल…” ऊ कडा हुन्छ ।
“अहिले किन ! यत्रा हत्तार !”
“ए खोल्दिनस् ! ” ऊ उठ्छ र म छेउ आएर मेरो ब्लाउज च्यातिदिन्छ । मेरो ब्रेसरीसमेत खोलेर फ्याँकिदिन्छ ।
“तपाईंलाई आज केको भूत चढ्यो !” म कमजोर छु ।
“ए… तँ सारी खोल…. ।”
“किन सारी खोल्ने -….” म दह्रो हुने प्रयास गर्छर्ुु फेरि उसमा राक्षसीपन देखापर्छ । ऊ जबर्जस्ती मेरो सारी खोलखाल पारेर हुत्याइदिन्छ ।
“मेरो हर्ुमत नलिनोस् ! म हात जोड्छु… ।” म लुगलुग काँप्छु । मलाई कम्प छुट्छ । मेरो साया मात्र बाँकी छ । नत्र म निर्वस्त्र छु ।
“तँ सीता होइनस् । तँ द्रौपदी होस् र म दुशासन हुँ… ।”
मेरा वाक्य बन्द हुन्छन् । म आफैँलाई सोध्छु- म सीता हुँ कि द्रौपदी । ऊ अझ अगाडि बढ्छ र मेरो साया फुकाल्ने प्रयत्न गर्छ । म पानी.. पानी हुन्छु ।
“तँ को होस् – भन त को होस्… -”
“म आइमाई ! म स्वास्नीमान्छे…” मेरो स्वर निस्किन्छ ।
“म तेरो को हुँ… -” गर्जिन्छ ।
“तपाईँ मेरो लोग्ने होइन…. ।
त्यतिबेलै अचानक बत्ती जान्छ ।

सम्बन्धित खबरहरु