बस दुर्घटनामा कम्तीमा ३१ व्यक्तिको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २८ चैत, २०७१

morocco bus stand20150410185137_lरबात । मोरोक्कोमा शुक्रबार विहान सवेरै भएको बस दुर्घटनामा कम्तीमा ३१ व्यक्तिको मृत्यु भएको छ । दुर्घटानमा परी अन्य नौ जना गम्भीर घाइते भएका स्थानीय अधिकारीहरुले जनाएका छन् ।

स्थानीय समयाअनुसार शुक्रबार बिहान ७ बजे उक्त दुर्घटना भएको जनाइएको छ । सडकको खराबीका कारण सो दुर्घटना भएको जनाइएको छ ।

मोरोक्काली रेडियोले शुक्रबार बिहान सबेरै भने दुर्घटनामा परी ४० व्यक्तिको मृत्यु भएको जानकारी दिएको थियो । सो समाचार उसले पछि सच्याएको छ । रासस/सिन्ह्वा

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७