सडकमा राखिएको बम विस्फोटमा परी १२ सर्वसधारणको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २८ चैत, २०७१

bomb_blast_afgan२८ चैत, अफगानिस्तान । अफगानिस्तानको गजनी प्रान्तको एक सडकमा शुक्रबार राखिएको बम विस्फोटमा परी १२ सर्वसधारणको मृत्यु भएको छ ।

प्रान्तीय प्रहरी प्रमुख मोहमाद अलि अहमदीले सो जानकारी दिनुभएको छ । गजनी प्रान्तको खोगीआनी जिल्लाको देहमुल्ललाह गाउँमा राखिएको सो बममा सर्वसाधारण सवार रहेको एक सवारीसाधन ठोक्किदा उक्त दुर्घटना भएको जनाइएको छ ।

स्थानीय समायाअनुसार शुक्रबार बिहान १० बजे भएको सो बम विस्फोटनमा परी १२ व्यक्तिको मृत्यु भएको अहमदीले स्थानीय समाचारदाताहरुलाई जनाएका छन् ।

bomb blast afgan

सो बम आक्रमणमा परी मारिएकामा ६ महिला र ६ बालबालिका रहेका पनि जनाइएको छ । सो क्षेत्रमा यसअघि पनि यस्तै आक्रमण गरिएको थियो ।

तालिवान आतङ्ककारी समूहद्वारा गरिएको यो एक भिषण बम आक्रमण भएको जनाइएको तालिवान आतङ्ककारी समूहले यस विषयमा केही टिप्पणी भने नगरेका जनाइएको छ । रासस/सिन्ह्वा

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७