मुलुकमा लगानीको बातावरण बनिरहेको : प्रधानमन्त्री कोइराला

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २९ चैत, २०७१

Sushil Koiralaजनबोली २८ चैत, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले मुलुकमा लगानीको बातावरण बनिरहेको बताएका छन् ।

उद्योग बाणिज्य दिवस २०७१ को अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, सदस्य र उद्यमी व्यापारीहरुको सम्मानमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बिहान आयोजित चियापान कार्यक्रममा प्रधानमन्त्री कोईरालाले मुलुकमा लगानीको बातावरण बनिरहेको भन्दै आत्मविश्वासका साथ काम गर्न आग्रह गरे ।

उनले मुलुकमा राजनीतिक स्थायित्व कायम हुने र संविधान आउने पनि बताए । प्रधानमन्त्री कोइरालाले नेपाली कांग्रेस र सत्ता समर्थित राजनीतिक दलहरुले संविधान निर्माणका विषयमा अत्याधिक लचकता अपनाएको पनि उल्लेख गरे ।

प्रधानमन्त्री कोइरालाले प्रदेशको संख्या, नामाङ्कन र सीमाङ्कनको विषय सहमतिमा पुग्न बाँकी रहेको र त्यसमा पनि लचकताका साथ संवाद भएको बताएका थिए ।

उनले २०४६ सालमा प्रजातन्त्रको पुनरोदय भएपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा गठन भएको नेपाली काँग्रेसको सरकारलाई काम गर्न नदिएर ३ बर्षमा नै गिराइएको त्यस पछिका सरकारलाई पनि पूर्णावधि काम गर्न नदिइएको उल्लेख गरे ।

सम्बन्धित खबरहरु