सहमतिबाटैै संविधान बन्नेछ : मन्त्री खड्का

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २९ चैत, २०७१

NarayanKhadka_20141205115031_20141205010742जनबोली २८ चैत, उदयपुर । सहरी विकास मन्त्री डा नारायण खड्काले विपक्षीमोर्चालाई सहमतिमा ल्याएर संविधान बनाउने प्रयास भइरहेको रहेको बताएका छन् ।

नेपाल प्रेस युनियन उदयपुर शाखाले शनिबार आयोजना गरेको पत्रकार भेटमा उनले पार्टी प्रधानमन्त्री सुशील कोइरालाले सहमतिका निम्ति निर्णायक प्रयास थालेको बताए ।

“विपक्षीसँग प्रधानमन्त्रीले गहन छलफल जारी राख्नुभएकाले एकदुई दिनभित्रै निष्कर्ष निस्केर सहमतिबाटैै संविधान बन्नेछ”, मन्त्री खड्काले भने ।

पूर्वका दुई र सुदूरपश्चिमका तीन जिल्लालाई तराई प्रदेशमा राख्ने वा पहाडमा समावेश गर्ने भन्नेमा दलहरूबीच मतैक्य नहुँदा वार्ताको वातावरण बिथोलिएको स्पष्ट गर्दै मन्त्री खड्काले प्रधानमन्त्रीको प्रयासमा जारी वार्ताले सबै समस्या हल गर्नेमा आफू विश्वस्त रहेको बताए ।

सङ्घीयता र निर्वाचन प्रणालीबाहेक संविधानका अन्तवस्तुमा सहमति कायम भइसकेकाले असहमतिका बाँकी विषयमा पनि शीघ्र टुङ्गिने उनको तर्क छ ।

आगामी भदौमा हुने नेपाली काँग्रेसको १२औँ महाधिवेशनमा पार्टी सभापतिमा वर्तमान सभापति कोइरालाले नै निरन्तरता पाउनुपर्ने धारणा मन्त्री खड्काले व्यक्त गरे ।

सम्बन्धित खबरहरु