सतीको श्राप ‘डेट एक्स्पायर’ भयो : ओली

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २९ चैत, २०७१

Kp-oli

२९ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई ‘सतीले सरापेको देश’ भनेर भन्ने दिन गएको बताएका छन् ।

एमाले सम्बद्ध नेपाल निजामति कर्मचारी संगठनको १५ औं केन्द्रीय परिषद्को आइतवार राजधानीमा उद्घाटन गर्दै ओलीले सतीको श्राप ‘डेट एक्स्पायर’ भएको बताए ।

एमालेले देशलाई समृद्ध बनाउने कसम खाएकोले कहिँ कतै नअल्मलिएर अघि बढ्ने बताए । ‘कुनै चटक देखाएर एमाले अल्मलिने वाला छैन’ ओलीले भने-‘अव नेपाललाई समृद्ध आधुनिक समाज बनाउँछौं ।’

एमाले अध्यक्ष ओलीले एमालेको संकल्प कुनै फाइँफुट्टी नभएको बताए । संविधान बन्नलाई अब कसैले रोकिने नरोकिने उनले बताए । ‘संविधान बन्छ, तपाईँहरु ढुक्क हुनुहोस्’ ओलीले कर्मचारीहरुलाई आश्वस्त पारे-‘संविधान बन्छ-बन्छ, देश बनाउनका लागि ढिलो गर्ने समय छैन ।’

देशलाई अहिले गलत दिशामा धकेल्ने संगठित प्रयास भइरहेको उनको आरोप थियो ।

ओलीले आफूहरुले देशलाई टुक्रिनै नदिने बताए । ‘म आफै झापाको मान्छे हो,’ ओलीले प्रश्न गरे-‘झापा मोरङ सुनसरी एकै ठाउँमा किन हुन सक्दैन ?’

जातीय तथा विभिन्न बाहनामा देश टुक्राउन खोजिएको भन्दै उनले भने-‘मैले बुझेको छु, जनकपुरको मान्छेलाई झापा किन चाहिएको छ ?’

एमालेले राष्ट्रिय एकताको कुरा नछाड्ने उल्लेख गर्दै देश टुक्राउने आधार बन्नै नदिने ओलीले दोहोर्‍याए ।

जनतालाई राज्य नभई खाना चाहिएको भन्दै उनले माओवादी इतरका दलहरुप्रति ब्यङग्य गरे । ‘मान्छेले खान नपाएर हैरान छ,’ ओलीले भने-‘तर कसैले खानाको कुरा छोड्नुस्, हामीलाई राज्य चाहिन्छ भन्छन् ।’

आफूले खान, बस्न पाएपछि जनताले पाए भन्ने गरिएको भन्दै उनले ब्यङग्य गरेका थिए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७