अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनका निर्णयहरु सार्वजनिक

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

akhilजनबोली २९ चैत, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीको समर्थित विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आफ्नो अन्तिम लक्ष जनवादी शिक्षा भएको बताएको छ ।

क्रान्तिकारीको भर्खरै सम्मपन्न राष्ट्रिय सम्मेलनको निर्णय सार्वजनिक गर्न आइतबार काठमाडौँमा पत्रकार सम्मेलनमा मार्फत यस्तो धारणा सार्वजनिक गरेको हो ।

संगठनले निजी उच्च मावि र उच्च तहको शिक्षण संस्थाहरुमा संगठन विस्तारको अभियान संचालन गर्ने बताएको छ ।

क्रान्तिकारीले राष्ट्रियता, जनतन्त्र, जनजीविकाका साथै शैक्षिक आन्दोलनको दिशा स्पष्ट पार्दै घनिभुत संघर्षका कार्यक्रम गर्ने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

त्यस्तै क्रान्तिकारीले सबै निजी क्षेत्रबाट संचालित विद्यालयतहमा साझा भौतिक पुवाधार, साझा पाठ्यक्रम, समान शुल्कको मापदण्ड निर्धारण नगरी कुनै पनि तहमा शुल्क वृद्धि नगर्न आग्रह गरेको छ ।

क्रान्तिकारीले सवै विद्यालयहरुमा पूर्व प्राथमिक तहको व्यवस्था गर्दै हरेक निर्वाचन क्षेत्रमा कम्तिमा एक एक वटा नमुना विद्यालय सञ्चालन गर्न माग गरेको छ ।

अखिल क्रान्तिकारीले मनोमानी शुल्क वृद्धि, पाठ्य पुस्तक तथा शैक्षिक सामाग्रीको वितरणमा देखिएका अनियमितता लगाएतका विद्यार्र्थी तथा अविभावक विरोधी गतिविधिहरु गर्ने तथा राष्ट्रिय स्वाधिनताका विरोधि गतिविधिहरु गर्ने शैक्षिक संस्थाहरु विरुद्ध सरकार र संवन्धित पक्षलाई सचेत गर्ने कार्यक्रमहरु तुरुन्त नै संचालन गर्ने बताएको छ ।

सम्बन्धित खबरहरु