ठाकुरको परिवारलाई पाँच लाख रुपैया प्रदान

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

rautahatजनबोली २९ चैत, काठमाडौं । सशस्त्र प्रहरीको भ्यानको ठक्करबाट मृत्यु भएका गौर नगरपालिका सपगढाका रामअशिष ठाकुरको आश्रित परिवारलाई पाँच लाख रुपैया प्रदान गरिएको छ ।

श्रीमती भगवतीया देवीलाई ३० दलिय मोर्चाले आइतवार गौरमा पाँच लाख रुपैया हस्तान्तरण गरेको छ । ३० दलिय केन्द्रीय मोर्चाद्धारा पठाइएको मृतक ठाकुरको श्रीमती भगवतीया र छोरा रामप्रसाद ठाकुरलाई एक समारोहका विच उक्त रकम उपलब्ध गराइएको हो ।

मोर्चाद्धारा आठ बुंदे माग सहितको प्रेस विज्ञप्तीमा जिल्ला प्रशासन कार्यालय रौतहटद्वारा गठित छानविन समिति खारेज गर, प्रहरी प्रशासनको गोलीबाट घाइते, अंगभंग भएकाहरु स्तरीय उपचारका लागि समिति गठन गर लगायत ८ सुत्रिय मागहरु अघि सारेका छन् ।

मोर्चाका संयोजक यादवले केही व्यक्तिका कारण उत्कर्षमा रहेका गौर आन्दोलन भाडिने कार्य भएकोमा गम्भिर आपत्ति प्रकट गर्दै त्यसता प्रवृत्तिका विरुद्ध भण्डाफोर अभियान संचालन गरिने चेतावनी समेत दिए ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७