राहदानीको शुल्क घटाउन सरकारलाई निर्देशन

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

MRP-295x350 Nepalकाठमाडौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राहदानीको शुल्क तत्काल घटाउन र पृष्ठ बढाउन सरकारलाई निर्देशन दिएको छ ।

आइतबार बसेको समितिको बैठकले राहदानी वितरण प्रक्रियामा सुधार गर्नसमेत निर्देशन दिएको हो ।

अहिले प्रदान गरिँदै आएको ३२ पृष्ठको राहदानीमा उपयोगमा आउने पृष्ठ जम्मा १८ रहेको भन्दै यसलाई तत्काल सुधार गर्न समितिले भनेको हो ।

समितिमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले वैदेशिक रोजगारीमा पठाउने क्रममा राहदानीको दुरुपयोग पनि भएको बताए ।

विभिन्न कारणले भिसा नपाउँदा त्यो राहदानी लुकाएर बेग्लै नाममा अर्को राहदानी लिने गरेकाले यस्तो समस्या देखिएको उनले बताए ।आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७