राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

singh durbarकाठमाडौं । सरकारले तत्काल आठ मुलुकमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाउने भएको छ । कतारको समस्या देखाउँदै अन्य सात स्थानमा समेत राजदूत नियुक्तिमा ढिलाई गर्दै आएको सरकारले प्रक्रिया अघि बढाउन लागेको हो ।

विवादास्पद अभिव्यक्ति दिएको अभियोगमा सरकारबाट बर्खास्तगीमा परेकी कतारका लागि नेपालको राजदूत मायाकुमारी शर्माको रिट खारेज भएपछि सरकारलाई कतारसहित आठवटै मुलुकमा राजदूत नियुक्तिको बाटो खुलेको हो ।

आफूलाई बिनाकारण बर्खास्त गरिएको भन्दै पुर्नबहाली हुनु पर्ने मागका साथ गत वर्ष दायर गरेको उनको रिटको अन्तिम सुनुवाइ गर्दै प्रधान न्यायाधीश रामकुमारप्रसाद शाह र ओमप्रकाश मिश्रको आइतबार बसेको संयुक्त इजलाशले यस्तो निर्णय गरेको हो ।

सार्वजनिक समारोहमा कतारलाई ‘खुल्ला जेल’ भने बापत कतार सरकारको आपत्ति पछि सरकारले शर्मालाई फिर्ता बोलाएको थियो । त्यस विरुद्ध उनले सर्वोच्चमा रिट दिएकी थिइन् ।

तत्कालिन न्यायाधीश प्रकाश वस्ती र वैद्यनाथ उपाध्याको संयुक्त इजलाशले २०७० असोज १८ गते उनको रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरिदिएकोले कतारमा अर्को राजदुत पठाउन सरकारलाई असहज भएको थियो । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु