सम्पत्ति विवरण नबुझाउने २० हजारभन्दा बढी कर्मचारीलाई जरिवाना

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

government-employees-काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समयमा सम्पत्ति विवरण नबुझाउने २० हजारभन्दा बढी कर्मचारीलाई जरिवाना गरेको छ ।

आर्थिक वर्ष २०७०–०७१मा समयमा नै सम्पत्ति विवरण नबुझाउने २० हजार दुई सय ५४ कर्मचारीलाई अख्तियारले पाँच हजारका दरले जरिवाना गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेले समयमा नै सम्पत्ति विवरण नबुझाएर कानुन उल्लंघन गरेकालाई कारबाही गरिएको जानकारी दिए ।

जरिवानाबाट सरकारलाई १० करोड १२ लाख ७० हजार राजस्व प्राप्त हुने भएको छ ।

भ्रष्टाचार निवारण ऐन ०५९ अनुसार सार्वजनिक पदमा बसेका सबै राष्ट्रसेवक कर्मचारीले हरेक आर्थिक वर्ष सकिएको ६० दिनभित्र आफू र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण बुझाउनुपर्छ ।

कारबाहीमा पर्नेहरुमा निजामती कर्मचारी, शिक्षक, प्रहरी तथा विभिन्न र्सावजनीक निकायमा कार्यरत कर्मचारीहरु रहेका छन् ।

सम्पती विवरण नबुझाएको लिस्ट केही समय पहिला मात्र सर्तकर्ता केन्द्र र कितावखानाले अख्तियार पठाएको थियो । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित खबरहरु