नेपाली सेनाको खरिद प्रक्रियामा अनियमितता

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

nepali senaकाठमाडौं । नेपाली सेनाको खरिद प्रक्रियामा अनियमितता हुने गरेको छ । महालेखा परीक्षक कार्यालयले सेनामा बिस्कुटदेखि हेलिकोप्टर खरिदसम्म अनियमितता हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

महालेखा परीक्षकको ५२ औं प्रतिवेदनअनुसार आर्थिक वर्ष ०७०–०७१ को लेखा परीक्षणमा सेनाका अधिकांश ठेक्कापट्टामा सार्वजनिक खरिद ऐन उल्लंघन भएको छ ।

रक्षा मन्त्रालयले आवश्यकताको पहिचान,स्पष्ट आधार र मापदण्डविनै बजेट विनियोजन गरी निकासा दिने गरेको पनि प्रतिवेदनमा छ ।

सैनिक कल्याणकारी कोष,स्वयम्भू बारुदखाना,बसुन्धारा क्यान्टिनले दायित्व देखिने गरी लेखा तयार नगरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

बिष्कुटमा नौ करोड ५९ लाख, औषधिमा ६ करोड अख्तियारी भए पनि १४ करोडको खरीद, धुलो दुधमा ६ करोड अनियमितता भएको उल्लेख छ । आजको नयाँ पत्रिकामा समाचार छ ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७