स्पेनिस ला लिगाः बार्सिलोना बराबरीमा रोकिँदा रियललाई फाईदा

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

Barcelona vs sevillaजनबोली २९ चैत, काठमाडौं । शनिबार राति भएका दुई खेलमा फरक फरक नतिजा आउँदा स्पेनिस ला लिगामा रियल म्याड्रिडलाई प्रत्यक्ष फाइदा पुगेको छ ।
लिग लिडर बार्सिलोना सेभिल्लासँग २–२ गोलको बराबरिमा रोकीदा रियलले एड्बरलाई ३–० गोलले पराजीत गर्न सफल भयो ।

जितसँगै रियलले बार्सिलोनासँगको अंक दुरी २ मा झार्न सफल भयो । र उपाधि होडमा उभिन पनि सफल भयो । सेभिल्लाको घरेलु मैदानमा भएको खेलमा सुरुवाती २ गोल बार्साले गरेको थियो । खेलको १४ औं मिनेटमा लियोनेल मेस्सीले र ३१ औं मिनेटमा नेइमारले गोल गरेका थिए ।

तर, खेलको ३८ मिनेटमा बेगान र ८४ औं मिनेटमा गमेइले गोल गर्दा बार्सिलोना बराबरिमा रोकीयो । रियलले भने एड्बरमाथि सहज जित निकालेको थियो । जितपछि बासिंलोनाको ७५ र रियलको ७३ अंक छ ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७