राष्ट्रिय लिग फुटबल : सुदूरपश्चिमको पहिलो जित

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

National league sponsorजनबोली २९ चैत, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा सुदूरपश्चिम फुटबल क्लब धनगढीले पहिलो जित हात पारेको छ ।

आइतबार भएको खेलमा सुदूरपश्चिमले अबाको ह्याट्रिकको मदतमा जगदम्बा लुम्बिनी फुटबल क्लब रुपन्देहीलाई ४-० ले पराजित गरेको छ ।

घरेलु मैदान धनगढीमा भएको खेलमा सुदूरपश्चिमले ४० औं मिनेटमा अनन्त तामाङको गोलबाट खाता खोलेको थियो ।

दोस्रो हाफमा अबा चम्किए ।

४९ औं मिनेटमा गोल गर्दै टीमको अग्रता दोब्बर पारेका उनले ६९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे । खेलको अन्तिम मिनेटमा गोल गर्दै अबाले ह्याट्रिक पुरा गरे भने सुदूरपश्चिमलाई ४-० को फराकिलो जित दिलाए ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७