IPL KX11 vs MIजनबोली  ३० चैत, काठमाडौं । किङ्स इलाभेन पन्जाबले इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा पहिलो जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा पन्जाबले मुम्बई इण्डियन्सलाई १८ रनले पराजित गरेको छ । हरभजन सिंहको शादार ब्याटिङले पनि मुम्बईको हार टार्न सकेन ।

किङ्ग्स इलाभेन पन्जाबले मुम्बईसामू १७८ रनको लक्ष्य राखेको थियो । जवाफमा मुम्बई इण्डियन्सले २० ओभरमा ७ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो ।

खराव सुरुवात गरेको मुम्बईले २५ रन जोड्दा सुरुवाती चार विकेट गुमाइसकेको थियो । तर, हरभजनले आक्रामक पारी खेले । उनले २४ बलमा पाँच र्चौका र छ छक्काको मदतमा ६४ रन बनाए ।

उनले सातौं विकेटका लागि सुचिथसँग ३७ बलमा १०० रनको साझेदारी गरे । मुम्बईलाई अन्तिम ओभरमा ३० रन चाहिएको थियो । तर, ११ रन मात्र बनाउन सक्यो ।

पन्जाबका अनुरित सिंह, मिचेल जोनसन र अक्षर पटेलले २–२ विकेट लिए ।

यसअघि पन्जाबले राम्रो सुरुवात गरेको थियो । मुरली विजयले ३५ र वीरेन्द्र सहवागले ३६ रन बनाए । डेभिड मिलर २४ रनमा आउट भए ।

तर, बेलीले पन्जाबको पारी उकासे । उनले ३२ बलमा अविजित ६१ रन बनाएपछि पन्जाबले २० ओभरमा ५ विकेटको क्षतिमा १७७ रन बनायो ।

हरभजन सिंह र मालिंङ्गाले समान २–२ विकेट लिए ।

सम्बन्धित खबरहरु