आज बस्ने बैठक पनि शोक प्रस्तावमै सीमित हुने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

Sambidhansabhaजनबोली ३० चैत, काठमाडौं । संविधानसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरमा दिउँसो तीन बजेपछि बस्ने बैठक पनि शोक प्रस्तावमै सीमित हुने भएको छ ।

पूर्व सभासद एवं एकीकृत माओवादीका नेता सलिम मिया अन्सारीप्रति शोक प्रस्ताव पारित गर्दै आजका लागि बोलाइएको बैठक स्थगित हुने संसद सचिवालयले जनाएको छ ।

दलहरुबीच संविधानका अन्तरवस्तुमा सहमति कायम हुने आशामा कार्य सूची तय नभएको अवस्थामा आज पनि शोक प्रस्ताव पारित गर्दै संविधानसभाको बैठक स्थगित हुने भएको हो ।

पहिलो संविधानसभामा एमालेबाट सभासद बनेका सलिम दोस्रो संविधानसभा निर्वाचन अगाडि एकीकृत माओवादीमा प्रवेश गरेका थिए ।

मुस्लिम समुदायका ६३ वर्षे अन्सारीको त्रिवि शिक्षण अस्पतालमा शुक्रबार निधन भएको थियो । उनको आइतबारनै पुख्र्यौली बारामा अन्त्यष्टि गरिएको छ ।

यसअघि गत २३ गते बसेको बैठक पनि दुईवटा शोक प्रस्ताव पारित गर्दै स्थगित भएको थियो । २३ गते एमाले नेता रामनाथ ढकाल र पूर्व राज्यमन्त्री महेन्द्र यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैठक स्थगित भएको थियो ।

सम्बन्धित खबरहरु