महशुल भुक्तान नहुँदा अस्पतालकै लाईन काटियो

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

Nepalgunj_20140814014455जनबोली ३० चैत, नेपालगन्ज । नेपाल विद्युत् प्राधिकरण, नेपालगन्ज वितरण केन्द्रले स्थानीय भेरी अञ्चल अस्पतालको विद्युत् आपूर्ति काटेको छ ।

वर्षैं सम्म लाखौँ रकम बक्यौता भएको र पटकपटक आग्रह गर्दा पनि महसुल भुक्तान नगरेकाले बाध्य भएर विद्युत् आपूर्ति काट्नु परेको जनाइएको छ ।

सो कार्यालयका प्रमुख चुटनकुमार श्रीवास्तवले हाल करिब ७५ लाख विद्युत् महसुल बक्यौता रहेको भेरी अञ्चल अस्पतालको आपत्कालीन सेवा र उपचारमा प्रभाव पार्नेबाहेक अन्य सेवासँग सम्बन्धित विद्युत् आपूर्तिं मात्र काटिएको बताए ।

यसैगरी, नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले विद्युत् शुल्क नबुझाउने एक हजार ६८ को लाइन काटेको छ । यसरी काटेको लाइनमध्ये ६२८ जनाको लाइन पुनः जडानबापत दुई करोड ३६ लाख राजस्व सङ्कलन भएको छ ।

प्रमुख श्रीवास्तवका अनुसार प्राधिकरणले कालोसूचीमा परेका २३ ग्राहकवाट रु १२ लाख असुल गरेको छ भने विद्युत् चुहावट गर्ने ४१ जनाबाट पनि रु १३ लाख ७३ हजार राजस्व असुल गरेको छ ।

सम्बन्धित खबरहरु

मृत श्रीमतीको लाशसँग ६ रात !
  • मङ्गलबार ६ असोज, २०७७
तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७