परीक्षामा फेल भएपछि चारजना स्कुले छात्राले महाकाली नदीमा हाम फाले

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

mahakali nadi

जनबोली/ ३० चैत, कैलाली । परीक्षामा अनुत्तीर्ण भएपछि दार्चुलाको दत्तु गाविसस्थित राष्ट्रिय उच्चमाविमा अध्ययनरत चार जना छात्राले महाकाली नदीमा हाम फालेका छन् । आत्माहत्याका लागि महाकाली नदीमा हाम फालेका छात्राहरु अहिले बेपत्ता भएका छन् ।
बेपत्ता हुनेहरुमा ममता चुनारा, पूजा कोली, नितु लोहार र ममता चुनारा रहेकी छन् । ६ र ७ कक्षामा अध्ययनरत १३ र १४ वर्ष उमेर समूहका उनीहरुले बिहान ८ बजे महाकाली नदीमा हाम फालेका हुन् ।
सदरमुकाम खलंगासंगै जोडिएको दत्तु गाविसका विद्यालयमा अध्ययनरत ती छात्राले परीक्षामा अनुत्तीर्ण भएपछि नदीमा हामफालेको प्रहरीले जनाएको छ । बिहान ८ बजे महाकाली नदीमा हाम फालेका चारै जनाको खोजी कार्य जारी रहेको सुदूर पश्चिम क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबरहरु