खर्च अनुसारको काम छ ? उपत्यकामा ७२ किलोमिटर सडक विस्तार गर्दा ५ अर्ब सकियो

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार ३० चैत, २०७१

Chha_len_sadak1

जनबोली/ ३० चैत, काठमाडौ । देशभरिका सडक विस्तार कार्यमा व्यापक भ्रष्टाचार भएको छ । काठमाडौंमा ५०, ललितपुर १७ र भक्तपुरमा ५ किलोमिटर सडक विस्तार सम्पन्न गर्दा पाँच अर्ब भन्दा बढी रकम खर्च भएको छ ।

समय हुँदा सम्म सडक छेउ छाउमा घर बनाउनु हुंदैन भनेर कडाई नगर्ने तर बनाई सकेपछि भत्काउने काम गर्दा राज्यकोषबाट अर्बो रकम खर्च भएको छ । त्यसमा पनि काम भन्दा खर्चको आकार ठुलो छ । थोरै काम धेरै खर्च, ठेकेदार देखि मन्त्रि, राजनीतिक दलका प्रतिनिधि, सरकारी कार्यालयका हामिक देखि पियनसम्मले रकम कुम्ल्याउन खोज्दा राज्य जहिलै खोक्रो बन्दै गएको छ ।

खर्च भएअनुसार काम पनि अत्यन्तै ढिला भइरहेको छ । काम चाँडो गर्न संसदीय समिति सक्रिय बनेको छ । व्यवस्थापिका संसदको विकास समितिले काठमाडौं उपत्याकाको सडक निर्माणलाई प्रभावकारी बनाउन सडक विभागलाई निर्देशन दिएको छ । एक कर्आलाई दोशारोपण गरेर पन्छिने अवस्था नभएको भन्दै समितिले जसले जे गर्नुपर्ने हो त्यो काम गरेर अघि बढ्न निर्देशन दिएको हो ।

सोमबार बसेको समितको बैठकमा सडक विभागका महानिर्देशक माधव कार्कीले हाल सम्म ७२ किलोमिटर मात्र सडक सम्पन्न गरिएको जानकारी दिए । बैठकमा सडकको बाटो मिचेर घर बनाउदा सम्म केही नभन्ने तर पछि भत्काउँदा त्यसले जनतामा नराम्रो हुने भन्दै त्यस बारे नीति बनाउन सभासदहरुले आग्रह गरेका थिए ।

सम्बन्धित खबरहरु