चर्को शुल्कवृद्धिविरुद्ध आन्दोलित अखिल क्रान्तिकारी

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

akhilजनबोली ३० चैत, काठमाडौं । नेकपा–माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी निजी विद्यालयले गरेको चर्को शुल्कवृद्धिविरुद्ध आन्दोलित भएको छ ।

निजी विद्यालयहरुले एक्कासी चर्को शुल्क वृद्धि गरेको भन्दै क्रान्तिकारीले सोमबार देशैभरका छानिएका निजी विद्यालयको लेखाशाखामा तालाबन्दी गरेको छ ।

आगामी शैक्षिक सत्रका लागि २३ देखि ४३ प्रतिशत सम्म शुल्क वृद्धि गर्न अनुमति दिइएपछि क्रान्तिकारी आन्दोलित भएको हो ।

गत जेष्ठ ७ गते अखिल (क्रान्तिकारी) र शिक्षा विभागबीच वृद्धि गरिएको शुल्क समायोजन गर्ने सहमति भएपनि कार्यन्वयन नभएपछि आन्दोलित हुनुपरेको क्रान्तिकारीका सचिव उत्तम अधिकारीले जानकारी दिए ।

सोहीअनुसार सोमबार काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला शिक्षा कार्यलयमा ज्ञापनपत्र बुझाइएको उनले बताए ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७