प्रक्रियाबाट जतिसक्दो छिटो संविधान जारी गरिने : मन्त्री सिंह

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

prakash manजनबोली ३० चैत, काठमाडौं । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले विधि प्रक्रियाबाट जतिसक्दो छिटो संविधान जारी गरिने बताएका छन् ।

दोस्रो देउराली व्याडमिन्टन प्रतियोगिताको पुरस्कार वितरण समारोहमा उपप्रधानमन्त्री सिंहले पहिलो संविधानसभाबाट पुरा हुन नसकेका कार्यहरुलाई दोश्रो संविधानसभाले पुरा गर्दै संविधान जारी गर्ने बताएका हुन् ।

उनले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्नका लागि पनि छिटै संविधान जारी गर्नुको विकल्प नरहेको उल्लेख गरे ।

सिंहले खेल क्षेत्रको विकासका लागि भएका सरकारी जग्गाको प्रयोगका बारेमा पनि सरकारले गृहकार्य गरिरहेको बताए ।

आफ्ना घरछेउमा भएका सार्वजनिक जग्गाका बारेमा अध्ययन गरी आवश्यक काम अगाडि बढाउन सहयोग गर्न सबैलाई आग्रह गरे ।

सार्वजनिक जग्गालाइ सबैको हितका लागि प्रयोग गर्न खेलकुद मैदान विकासलाई जोड दिइने उनको भनाई थियो ।

सम्बन्धित खबरहरु