आपराधिक गतिविधि नियन्त्रणमा सरकार गंभिर : गृहमन्त्री गौतम

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

bamdev-gautamजनबोली ३० चैत, कतार । उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले आपराधिक गतिविधि नियन्त्रणमा सरकार गंभिर रहेको बताएका छन् ।

मन्त्री गौतमले निष्पक्ष एवम् जवाफदेही फौजदारी न्याय प्रणालीका सिद्धान्तप्रति नेपाल प्रतिबद्ध रहेको उल्लेख गर्दै त्यसनिम्ति नीतिगत योजना तथा कार्यक्रमलाई उच्च प्राथमिकता दिएको जानकारी दिए ।

कतारको राजधानी दोहामा आइतबारदेखि सुरु भएको ‘अपराध रोकथाम तथा फौजदारीन्याय’ विषयक संयुक्त राष्ट्रसङ्घीय १३औँ महासभालाई सोमबार सम्बोधन गर्दै गौतमले अन्तरदेशीय अपराध हुन नदिन पारस्परिक कानुनी सहायता, प्रत्यर्पण, सङ्गठित अपराध नियन्त्रण तथा मुद्रा निर्मलीकरणसम्बन्धी कानुन कार्यान्वयन गरिएको बताए ।

उनले भने “दण्डहीनताविरुद्ध नेपाल पूर्ण प्रतिबद्ध छ, सबै खाले आपराधिक गतिविधि नियन्त्रण गर्न र विद्यमान रिक्तता सम्बोधन गर्न समग्रतामा काम थालिएको छ,”–सुरक्षा निकाय र त्यस क्षेत्रमा काम गर्ने अन्य अधिकारीको तालिममा मानवअधिकार र फौजदारीन्यायलाई आधारभूत पाटोका रुपमा समावेश गरिएको जानकारी दिँदै भने ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७