बिदेशी लगानी परिचालन गर्न सके मुलुक बिकासको बाटोमा : वनमन्त्री आचार्य

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

Mahesh-acharyaजनबोली ३० चैत, काठमाडौं । वनमन्त्री महेश आचार्यले बिदेशी लगानी स्वदेशमा परिचालन गर्न सके मुलुक बिकासको बाटोमा लम्कने बताएका छन् ।

सोमबार काठमाडौमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले नेपालमा नै लगानीको वातावरण बनाउन सरकार लागि परेको भन्दै व्यवसायीहरुले पनि सरकारलाई साथ दिनुपर्ने बताए ।

उनले नेपालमा लगानी बढे रोजगारीका लागि बिदेशीने नेपाली दक्ष कामदारले नेपालमा नै रोगजारी पाउने उल्लेख गरे ।

मन्त्री आचार्यले बिभिन्न वस्तुमा लगाउदै आएका कर अन्य देशको तुलनामा निकै न्युन भएको भन्दै सरकारले यसलाई नबढाउने बताए ।

उनले युवाहरुलाई स्वदेशमा बसेर कमाएको सिपको स्वदेशमा उपयोग गर्न आग्रह पनि गरे ।

सम्बन्धित खबरहरु