कपडा व्यापारी महेश कादमियामाथि आइतबार साँझ गोली प्रहार

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

parsa_districtपर्सा । वीरगञ्जका कपडा व्यपारी महेश कादमियामाथि आइतबार साँझ गोली प्रहार गर्ने भारतीय युवकले २० हजार पाउने प्रलोभनमा अपराध गरेको बयान दिएका छन् ।

प्रहरी उपरीक्षक दिवेश लोहनीका अनुसार अक्षय रामसिंह भनिने रवि नामका उनी भारत झारखण्डमा व्यवस्थापनमा स्नातक पहिलो वर्ष अध्ययनरत रहेको खुलेको छ ।

कसको निर्देशनमा गोली चलाएको हो भन्नेबारेमा केही खुलाईएको छैन । बयान र अनुसन्धानबा उनी अनुभवी र पेसेवर सुटर नभएको खुलेको छ ।

उनलाई मोटरसाईकलमा ल्याएका व्यक्तिले छाडेर भागेका थिए । संगै ल्याउने व्यक्तिको नाम पनि उनले बताएका छैनन् । जसका कारण अनुसन्धान बढाउन समस्या भएको एसपी लोहनीले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु