कोकाकोला मोःमोत्सव २०१८ सफलता पूर्वक सम्पन्न


काठमाडौं । ‘कोका–कोला मोःमत्सोब २०१८’ क्याम्पेन सफलता पूर्वक सम्पन्न भएको छ । जनवरी १५ बाट सुरुभएको यो महोत्सव करिब ढेड महिना संचालन भएको थियो । यो मोःमोत्सव कोका–कोलाले २०१६ बाट सूरु गरेको हो । यो क्याम्पेनमा कोका–कोला र मःमको कम्बो प्याकको साथमा नेपाली चिरपरिचित सेलिब्रेटीसँग भेट्ने र सेल्फी खिच्ने मौका प्रदान गरिएको थियो । कोका–कोला मोःमत्सोबलाई नेपालभर १००० भन्दा बढी होटल तथा रेष्टुराहरुमा संचालन गरिएको थियो ।


यो क्याम्पेनको मुख्य आर्कषणको रुपमा खानको पारखी चर्चित कलाकार तथा नायिका प्रियांका कार्कीको साथमा नायिका स्वस्तिमा खड्का र बर्षा सिवाकोटी जोडिनु भएका थियो । उहाँहरुले बिभिन्न आउटलेटमा पुगेर आफ्ना शुभेच्छुक र फ्यानहरुसँग बसेर मःम र कोका–कोलाको कम्बो प्याकको मज्जा लिनु भएको थियो । साथै उहाँहरुले आफ्ना फ्यानसँग फोटो खिच्ने र हरेकसँग कुरा गर्नु भएको थियो ।
एकजाना फ्यानले भन्नु भयो, ‘मैले सुरुको बर्षमा आफुलाई मनपर्ने सेलिब्रेटीसँग बसेर मःम खाने मौका पाएको थिए । यसबर्षको क्याम्पेनले मलाई चिसो मौसममा तात्तातो मःमसँग चिसो कोका–कोला पिउने मौका मिल्यो । म कोका–कोलालाई बिषेश धन्यवाद दिन चाहन्छु किनकि उहाँहरुले हामीलाई आफ्नो मनपर्ने सेलिब्रेटीसँग कोका–कोला र मःम सँगै बसेर खाने मौका जुराई दिनु भएकोमा ।’
मोःमत्सब क्याम्पेन काठमाडौं, पोखरा, चितवन, धरान, इटहरी, बिराटनगर लगायतका नेपालभर रहेका बिभिन्न ब्राण्डेड होटल तथा रेष्टुरेन्टहरुमा संचालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्