डाँकाद्वारा गाउँ कब्जा, डाँका आतंकमा एकको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १ ब‌ैशाख, २०७२

jhapa_districtझापा । सीमापारिबाट आएको डाँका समूहले आइतबारराति पृथ्वीनगर गाँउ नै कब्जामा लिएर आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ ।

जथाभावी बम फ्याँक्दै र बन्दुक पड्काउँदै गाउँ पसेको समूहलाई नियन्त्रणमा लिन प्रहरी समेत हच्किएपछि डाँकाको गोलीले पृथ्वीनगर ८ का देवकुमार श्रेष्ठको मृत्यु भएको हो ।

हिमाली चोकमा किराना तथा हार्डवेयर होलसेल सञ्चालन गरिरहेका ५० वर्षे पूर्वप्रहरी श्रेष्ठको टाउको र छातीमा गोली लागेको थियो ।

घर घेरेर भित्र पसेका लुटेरासँग श्रेष्ठ आधा घन्टासम्म एक्लै भिडिरहेपनि घटनाको सूचना पाएपनि पनि प्रहरी घटनास्थलमा आइनपुगेको परिवारले जनाएको छ ।

घटनामा तीनजनाभन्दा बढी घाइते छन् । अन्य दुईजनालाई पनि गोली लागेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

सम्बन्धित खबरहरु